Websoft University

महानगरका मेयर र युवाबीच अन्तरक्रिया


विराटनगर फागुन ८ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकासमा युवा सहभागितालगायतका विषयमा विकल्प–एन अल्टरनेटिभमा आबद्ध युवाहरुसित छलफल गर्नु भएको छ ।

सो अवसरमा मेयर कोइरालाले विराटनगरमा जारी सरसफाई अभियान, फुटपाथ  नियन्त्रण, कर संकलन, डुबान र सुकुम्बासी समस्याका समाधानका लागि भइरहेका पहल, महानगर आफैंले बनाउन लागेका ठूला परियोजनालगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

 उहाँले युवाहरुलाई विराटनगरको विकासमा आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो । अहिलेको समाज नकारात्मक सोचबाट ग्रसित भएको बताउँदै मेयर कोइरालाले सकारात्मक सोचका साथ देश निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । युवाहरुको विदेश पलायन बढ्दै गएको बताउँदै कोइरालाले नेपालमै पनि थुप्रै अवसर रहेको चर्चा गर्नुभयो । उहाँले युवाहरुले विश्वविद्यालयको अध्ययनसँगै सीप सिक्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत  विष्णुप्रसाद कोइराला, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, विकल्पका प्रमुख वसन्त अधिकारीलगायतले युवा सहभागिताका विषयमा आ–आफ्ना विचार राख्नुभएको थियो । कार्यक्रममा सहभागी युवाहरुले महानगरले सीपमूलक तालिम दिनुपर्ने सुझावसहित महानगरले गरिरहेका कामका बारेमा जिज्ञासा राखेका थिए ।  

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.