Websoft University

ग्रेडेड स्कुलमा विज्ञान र चित्रकला प्रर्दशनी


विराटनगर माघ ७ गते । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा एक दिने विज्ञान तथा चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरभित्र शनिबार विज्ञान  र चित्रकला प्रर्दशनी गरिएको हो ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान प्रर्दशनी आयोजना गरिएको ग्रेडेड बोर्डिङ स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरूले विज्ञान र चित्रकला प्रर्दशनीमा उनीहरूले विभिन्न बस्तु प्रर्दशनीमा राखेका थिए ।

विद्यार्थीहरूले स्मार्ट सिटी, वाटर फाउन्डेसन, सोलरबत्तीलगायतका  एक दर्जन बढी बस्तुहरू प्रर्दशनीमा राखेका थिए । विद्यार्थीहरूले बनाएको कलात्मक चित्रहरू पनि प्रर्दशनीमा राखियो । विद्यार्थीहरूले राष्ट्रिय जनवारदेखि, राष्ट्रिय फुललगायतका विभिन्न बस्तुहरुको चित्र बनाएर प्रर्दशनीमा राखेका थिए ।

सोही अवसरमा विद्यार्थीहरूले नृत्य र गायन प्रस्तुत गरी थप रमाईलो गरेका थिए । कार्यक्रममा अभिभावकहरूको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै शिक्षा समन्य इकाइ मोरङका उपसचिब शिव प्रसाद घिमिरले गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षामाजोडदिनुपर्ने बताए । कार्यक्रममा विराटनगरका वडाअध्यक्षहरु मधुवावु तिवारी र राम पोखरेल, अभिभावक संघ मोरङका अध्यक्ष खगेन्द्र भट्टराईलगायतको उपस्थतीति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.