Websoft University

संखुवासभा बहुमुखी क्याम्पसको क्याम्पस सभा सम्पन्न


मोहन कुमार राई  मोरङ ÷ माघ ७गते | रातो तारा डट कम,क्याम्पस सभाले नयाँ क्याम्पस सञ्चालक समितिको चयन गरेको छ ।

संखुवासभा बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाले ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्षमा वीरेन्द्र केसी, सदस्यहरुमा खुल्ला तर्फ ज्ञान बहादुर कार्की, कुमारबाबु अधिकारी, लवकुमार श्रेष्ठ, मुक्तिनाथ गौतम, लाखमान तामाङ, खगेन्द्र अधिकारी र खुल्ला महिला तर्फ पदमकुमारी गुरुङ साथै पदेन महिला सदस्यमा एलिना श्रेष्ठ सहित ९ सदसीय सञ्चालक समितिको गठन गरेको छ । पदाधिकारीहरुको चयन सर्वसम्मत भएको क्याम्पस प्रमुख चुडाबहादुर कटुवाले जानकारी दिनुभयो । पदेन सदस्य सहित १९ सदस्यीय समिति बन्ने समेत क्याम्पस प्रमुख कटुवालले वताउनुभयो ।


शनिवार क्याम्पस सभाको खुल्ला सत्र पश्चात ३ सदस्यीय निर्वाचन समितिले आजै ३ वजे भित्र उमेद्वारीको नाम सूचिकृत गर्ने निर्णयानुसार समिति चयन प्रक्रिया अघि बढेको निर्वाचन समितिका संयोजक सूर्यबहादुर दाहाले जानकारी दिनुभयो । सूचिकृत नामावलीमाथि कुनै दावी विरोध नपरेपछि समिति चयनको नामवाली प्रकाशित गरेका हौ संयोजक दाहालले वताउनुभयो ।

सञ्चालक समितिको चयन जसरी सर्वसम्मत भएको छ यसरी नै क्याम्पसको उन्नती र प्रगतिमा सबैको मन मिल्नु पर्ने वताउनु हुँदै संखुवासभा बहुमुखी क्याम्पस जिल्लाकै जेठो क्याम्पस भएकाले क्याम्पसको भौतिक पूर्वाधार देखि शैक्षिक गतिविधि पनि जेठो बनाउनुपर्ने चैनपुर नगरपालिका नगरप्रमुख कृष्ण कुमार तामाङले वताउनु भयो । विधान अनुसार यो सञ्चालक समितिको कार्यकाल ४ वर्ष रहने वताउनुहुँदै कार्यकालको सफलताको कामना समेत गर्नुभयो ।

यसै गरी चयन भएका नया अध्यक्ष वीरेन्द्र केशीले आफ्नो कार्यकालमा क्याम्पसको हक हित, भौतिक शैक्षिक तथा आर्थिक रुममा भरपुर सहयोग पु¥याउनु प्रतिवद्धता जाहेर गर्नुभयो ।

यसै गरी पूर्व अध्यक्ष उमेशकुमार डाँगी, सदस्य कुमारबाबु अधिकारी लगायतले सभामा वोल्नुभएको थियो ।

यस अघि क्याम्पसको सञ्चालक समिति गठन प्रक्रिया अध्यक्षको त्रि.वि. बाट चयन भएपछि अन्य सदस्यहरुको चयन गर्ने प्रक्रिया रहेको क्याम्पस प्रमुख कटुवालले वताउनुभयो । समितिको निर्णयानुसार इच्छुक व्यक्तिहरुको व्यक्तिगत विवरण सहित त्रि.वि.मा पठाएको भरमा अध्यक्षको चयन भएर आउने गर्दथ्यो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.