Websoft University

खेलकुदका माध्यमबाट पनि समाज रुपान्तरण गर्न सकिन्छ ः मेयर कोइराला


विराटनगर माघ ७ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदका माध्यमबाट पनि समाज रुपान्तरण गर्न सकिने बताएका छन् ।

डोरी तान संघ विराटनगर महानगर समितिले आयोजना गरेको पालिकास्तरीय डोरीतान प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले खेलकुदले समाज रुपान्तरणसँगै शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे । मेयर कोइरालाले खेलकुदले शारीरिक र मानसिक विकाससँगै अनुशासनसमेत सिकाउने बताए ।  उनले खेलकुदका धेरै प्रकार भए पनि सबै खेलले मानिसलाई अनुशासनमा रहन र शारीरिक र मानसिक स्वास्थ्यको विकासमा समेत योगदान दिने धारणा राखे । डोरीतान खेल पनि स्वास्थ्यका लागि निकै महत्वपूर्ण भएको मेयरकोइरालाले चर्चा गरे ।

विराटनगर–३ पुष्पचाल चोकमा शनिबार आयोजित प्रतियोगितामा मोरङको बूढीगंगा गाउँपालिका प्रथम हुँदै ५१ हजार नगद जित्न सफल भएको छ । त्यस्तै मिक्लाजुङ गाउँपालिका दोस्रो भएको छ । दोस्रो हुनेले मिक्लाजुङलाई ३१ हजार रुपैयाँ प्रदान गरियो । महानगरका मेयर कोइराला, विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, ८ का वडाध्यक्ष राम पोखरेल, आयोजक समितिका अध्यक्ष रेशम थापामगरलगायतले विजेता टिमलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नगद  विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, ८ का वडाध्यक्ष राम पोखरेल, नेकपा एमालेका युवा नेता मुकेश बुढाथोकी, आयोजक समितिका उपाध्यक्ष– विश्वकान्त दाहाल, मोहन बुढाथोकीलगायतले मन्तव्य व्यक्त गरे ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.