Websoft University

महानगरस्तरीय तेक्वाण्डो प्रतियोगिता सुरु


विराटनगर÷ विराटनगर आइटीएफ तेक्वाण्डो डोजाङको आयोजनाको आयोजनामा विराटनगर महानगर स्तरीय प्रथम जुनियर तथा सिनियर तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तेक्वाण्डो खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

सो अवसरमा आयोजकका तर्फबाट मेयर कोइरालाले तेक्वाण्डो खेलमा महत्वपूर्ण योगदान गर्ने विराटनगर–४ का वडाध्यक्षसमेत रहनु भएका जितन थापा, खेलाडी भागवत नेपाल र प्रल्हाद राउतलाई सम्मान गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२५ जना खेलाडी सहभागी भएका छन् । समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका माध्यमबाट देशको नाम अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिने बताउनुभयो । उहाँले खेलले मानिसको शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासनसमेत सिकाउने उल्लेख गर्नुभयो ।

त्यस्तै विराटनगर–१ का वडाध्यक्ष काजी बस्नेत, ४ का जितन थापा, आइटीएफका प्रदेश अध्यक्षसमेत रहनु भएका आइटीएफका केन्द्रीय उपाध्यक्ष प्रविण कार्की, प्रदेश उपाध्यक्ष चतुरलाल चौधरी, विराटनगर अध्यक्ष ओमकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा यसअघि विद्यालयस्तरीय प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मानसँगै मेडलसमेत प्रदान गरिएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.