Websoft University

विकेभिएमको ४० औं स्थापना दिवस-अब पढ्नकै लागि विराटनगरबाहिर जानुपर्दैन - मेयर कोइराला


विराटनगर पुस ३० गते | रातो तारा डट कम, विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभिएम) बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरेर ४० औं स्थापना दिवस मनाएको छ ।

विद्यालयले स्थापनासँगै अभिभावक दिवससमेत मनाएको छ । स्थापना दिवसमा आयोजित कार्यक्रमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर पछिल्लो समय शैक्षिक हब बन्दै गएको बताए । 

उनले अब अध्ययनकै लागि भारत र काठमाडौं पुगिरहनु नपर्ने उल्लेख    गरे । “अब विगतको जस्तो अध्ययनकै लागि आफ्ना छोराछोरीलाईभारतको दार्जेलिङसहित विभिन्न सहर र काठमाडौं पठाउनु पर्दैन,” उनले थपे, “विराटनगरमै गुणस्तरीय शिक्षा प्रदान गर्ने एकसेएक शैक्षिक संस्था खुलेका छन् ।” कोइरालाले डिग्रीको सर्टिफिकेटसँगै सीपको पनि सर्टिफिकेट हुनुपर्नेमा जोड दिए । उनले एउटा हातमा डिग्रीको र अर्को हातमा सीपको सर्टिफिकेट भयो भने उत्पादित जनशक्तिले जहाँसुकै गएर पनि रोजगारी पाउने दाबी गरे । विदेश पलायन हुने युवामध्ये २ प्रतिशत मात्रै दक्ष जनशक्ति हुने गरेको मेयर कोइरालाको भनाइ थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल रविन दाहालले विराटनगरको शैक्षिक क्षेत्रमा चार दशकदेखि विकेभिएम स्कुलले योगदान पु¥याउँदै आएको चर्चा गरे । उनले दुईपटक बोर्ड प्रथम गरेर विराटनगरको इज्जतलाई माथि उठाएको समेत जिकिर गरे । 

“नेपालकै गुणस्तरीय शिक्षा प्रदान गर्नेमध्ये विकेभिएम पनि पर्दछ,” दाहालले भने, “पटकपटक बोर्ड फष्ट, प्रदेशमा उत्कृष्ट भएका छौं । यसले विराटनगरको इज्जतलाई बढाएको छ भन्ने मैले ठानेको छु ।” उनले २ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको सुनाए । दाहालले विद्यालयमा ३४ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्की, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन मोरङकी अध्यक्ष शितला सुब्बा, अभिभावक संघ प्रदेश अध्यक्ष देवी पन्थी, विद्यालयका संस्थापक अध्यक्ष चिरञ्जीवी दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा २० वर्षभन्दा लामो समयदेखि विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यार्थीहरुले विभिन्न जातीय पहिचान झल्कने नृत्य र फेसन शो प्रस्तुत गरेका थिए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.