Websoft University

पेस्तोल किन्न खोज्दै हिडेका एक युवा पक्राउ परे

 


गाईघाट १८ पुस | गाईघाट स्थित एक गिफट पसलमा पेस्तोल किन्न खोज्दै हिडेका एक युवा लाई नगद र विभिन्न सामान सहित सोमवार प्रहरीले पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेका २१ व्र्षिय सुजन गिरी रहेको प्रहरीले जनाएको छ । विगत पाच, छ महिना देखि गिरी गाईघाट स्थित मेलिना होटलमा वस्दै आएका थिए । प्रहरीले उनी वसेको होटलको कोठा खानतलासी गर्दा १ लाख ८५ हजार नेपाली रुपैया ,२ सय ९२ अमेरीकी डलर , २ लाख ५९ हजार भारतीय रुपैया ,युरो ८० रुपैया सहित चादिकोे सिक्रि २ थान , सुनको औठी १ थान , घडी १ थान ,मोवाइल २ थान , वुद्धचित्त ८० दाना , सिमाला ४ थान र रुद्राक्ष माला १ थान वरामद गरेको डिएसपि राकेश कुमार पोदारले वताए । प्रहरी अनुसन्धान वाट गिरी वाट वरामद सामानहरु काठमाण्डौ वौद्ध वाट चोरी भएको खुल्न आएको उनले वताए । चोरीमा उनको संलनता भएकोले गिरीलाई आवश्यक कारवाहीको लागी वौद्ध काठमाण्डौ पठाइएको उनले वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.