Websoft University

लोहन्द्रा केराबारी साझेदारी वनमा भ्रष्टाचार भएको भन्दै स्थानीय द्वारा कार्यालयमा ताला


बिराटनगर पुस १८ गते |  सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समूहमा भ्रष्टाचार भएको भन्दै स्थानीयले कार्यालयमा ताला लगाएका छन् । सोमबार दिउँसो कार्यालयमा भेला भएर स्थानीयले ताला लगाएका हुन्।

उपभोक्ता मित्रसेन योञ्जनले ३० देखि ३५ लाख रुपैयाँ संस्थाका अध्यक्ष दीपनारायण खाँ र सदस्य सचिव सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझी लगायतको मिलेमतोमा भ्रष्टाचार भएको आरोप लगाउँदै ताला लगाएको बताए ।

यसैगरी सङ्घर्ष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा सत्यतथ्य छानविन गरी पाउँ भनी निवेदन दिएको छ । पुस ११ गते भ्रष्टाचारविरुद्ध जनसंघर्ष समिति सुन्दरहरैँचाको तर्फबाट सो निवेदन दिइएको हो । निवेदनमा अध्यक्ष खाँ र माझीको मिलेमतोमा भ्रष्टाचार भएको उनीहरुले आरोप लगाएका छन् ।

यस्तै, गत मंसिर १७ गते भएको साधारण सभामा पनि पारदर्शिता नभएको, षड्यन्त्रपूर्ण ढङ्गले साधारणसभा गराएर पुरानै अध्यक्षलाई विजयी बनाएको भन्दै स्थानीयले आरोप लगाएका छन् ।

सव डिभिजन वन कार्यालयका प्रमुख लालबहादुर माझीले भने वन व्यवस्थापन समूहको लागि भएको निर्वाचनमा हार स्वीकार गर्न नसकेर यो काम भइरहेको बताए । मुख्यमन्त्रीको कार्यालय, जिल्ला वन कार्यालय र अख्तियारमा मुद्दा परेकाले यो विषयमा अख्तियारले छानबिन गर्ने माझीले बताए ।

विवादका कारण उपभोक्ताले अहिले काठ दाउरा पाउन सकेका छैनन् । जसका कारण धेरै काठ घाट गद्दीमा कुहिएर गएका छन् । यसले पनि कार्यालयको लाखौँको क्षति भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.