Websoft University

चारदिने नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न


विराटनगर पुस २१ गते | विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।


आइतबारदेखि सुरु भएको चारदिने तालिमको बुधबार समापन गरिएको हो । तालिममा उद्घोषण तथा भाषण कला, प्रस्ताव लेखन, कार्यक्रमको तालिका बनाउने, सकारात्मक सोचको विकास कसरी गर्ने, नेतृत्व क्षमतालाई कसरी बढाउनेलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । अग्रज पत्रकार यज्ञ शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत र पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितले हरेक दिन बेग्ला–बेग्लै विषयमा प्रशिक्षण दिएका थिए । समापन समारोहमा प्रशिक्षार्थीहरूलाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले प्रमाणपत्र वितरण गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले महानगरले भौतिक विकासमा मात्रै नभएर चौतर्फी विकासमा ध्यान दिएको बताइन् । “हामीले भौतिक विकासलाई मात्रै विकासका रुपमा लिने गरेका छौं,” उपमेयर कार्कीले भनिन्,  “तर मानिसका सोच र व्यक्तित्व विकासलाई विकासका रुपमा लिएनौं । सबैभन्दा त मानिसको व्यक्तित्व र बौद्धिक विकास हो । उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रहसमेत गरिन् । यस्ता तालिम १९ वटै वडामा गर्न महानगर तयार रहेको उपमेयर कार्कीको भनाइ थियो । त्यस्तै वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले सडकसहितका भौतिक निर्माण मात्रै समग्र मुलुकको विकास नहुने उल्लेख गरे । उनले मानिसको सोचको विकासले मात्रै समाजको दीर्घकालीन विकास हुने धारणा राखे । “सकारात्मक सोचको विकास भए मात्र सबै क्षेत्रको विकास हुन्छ,” उनले भने, “अहिले समाजमा नकारात्मक सोचको विकास बढ्दै गएको छ । हामीले सकारात्मक सोचको विकास बढाउनु आवश्यक छ ।”

सो अवसरमा प्रशिक्षार्थीहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै गेनादेवी पासवान, रमिता अधिकारी, लक्ष्मी भट्टराई, विजय ठाकुर, अञ्जली राय, करिना ठाकुरलगायतले तालिमबाट आफूमा धेरै परिवर्तन महसुस भएको बताए । उनीहरूले अब जस्तासुकै कार्यक्रममा पनि बोल्न सक्ने दाबी गरे । तालिममा वडाका पूर्व र वर्तमान जनप्रतिनिधिसहित विभिन्न संघसंस्थामा आबद्ध २४ जनाको सहभागिता रहेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.