Websoft University

दमकमा राष्ट्रिय टोपी दिवस आज मनाइयो


दमक, पुस १७ गते | जीवन चक्र समाज नेपालले आज एक कार्यक्रमको आयोजना गरी झापाको दमकमा राष्ट्रिय टोपी दिवस मनाएको छ । 

कार्यक्रममा लोक गायक सिताराम ताजपुरिया सहित सहभागी ज्येष्ठ,युवा,युवती ,वयस्क सबैलाई ढाका टोपी लगाइ दिएर राष्ट्रिय टोपी दिवस मनाइएको हो । कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भटराई प्रसाईले झापाको गौरादह निवासी लोक गायक ताजपुरियालाई सम्मान पत्र सहित नेपाली टोपी लगाइ दिएर सम्मान गर्नु भयो ।

 समाजका सचिव बेनुप राज प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा जीवन चक्र समाज नेपालको गीत प्रमुख अतिथि प्रसाईले सार्वजानिक गर्नु भएको हो । प्रमुख अतिथि नगर उपप्रमुख प्रसाई ,समाजका कार्यसमिति सदस्य लेखनाथ न्यौपाने लगायतले नेपाली टोपीको महत्वको बिषयमा बोल्नु भएको थियो । कार्यक्रममा एक अर्का बीच ढाका टोपी लगाइदिएर

शुभकामना आदान प्रदान गरेको समाजका अध्यक्ष गणेश गौतमले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.