Websoft University

पाँचदिने योग शिविर सम्पन्न


विराटनगर  | विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको योग शिविर सम्पन्न भएको छ ।

विराटनगरमा सोमबार आयोजित कार्यक्रममा पाँचदिने योग शिविरको महानगरपालिकाका मेयर नागेश कोइरालाले समापन गर्नुभयो । समापन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले महानगरपालिका जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताउनुभयो । उहाँले योगले स्वस्थ्य जीवन व्यतित गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो । 

मेयर कोइरालाले १९ वटै वडामा योग शिविर सञ्चालन गर्न महानगर तयार रहेको बताउनुभयो । समापन समारोहमा ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र न्यौपानेले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सकिए स्वस्थ जीवनयापन गर्न सकिने बताउनुभयो । उहाँले वडावासीका लागि विराटनगर ११ मा योग शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

पतञ्जली योग समिति मोरङका अध्यक्ष धु्रवबहादुर प्रधानले स्वस्थ जीवनका लागि योगको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । सहभागीका तर्फबाट पत्रकार विजय खतिवडाले ५ दिने योग शिविरबाट धेरै नै जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले महानगरका सबै वडामा योग शिविर सञ्चालन गरेर विराटनगरलाई देशमै उदाहरणीय बनाउनुपर्नेमा जोड दिनुभयो । योग प्रशिक्षक नेनिन राई, शिल्पा प्याकुरेल, विनु सापकोटा, चन्द्रमणि गुरागाईंलगायतले प्रशिक्षण दिनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.