Websoft University

सिचाईको लागि ५ हजार मिटर कालो पाइप वितरण

 


धनकुटा ,पुस २७ गते | रातो तरा डट कम,धनकुटा स्थित धनकुटा नगर पालिकाकाले १९ घरधुरी कृषकलाई सिचाईको लागि ५ हजार मिटर कालो पाइप वितरण गरेको छ ।

 प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन इकाई तेहथुम ,धनकुटाले धनकुटा नपा स्थित वडान ३का ती कृषकलाई कालो पाइप वितरण गरेको हो । कागते सिप्तिङ बहुउदेश्यीय कृषि समुहले आज धनकुटामा आयोजना गरेको साना सिचाई अनुदान कार्यक्रमको सार्वजानिक सुनुवाई तथा सामाग्री वितरण गरेको छ । 

समुहकी अध्यक्ष गंगा कुमारी ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा समुहको १५ प्रतिशत लगानी र परियोजनाको ८५ प्रतिशत लगानीमा कृषकहरुलाई साना सिचाईको सामाग्री वितरण गरेको समुहको सचिव रोजा राईले जानकारी दिनु भयो । कार्यक्रमकी प्रमुख अतिथि धनकुटा नगर पालिकाको नगर उपप्रमुख भिमा खनालले सामाग्री हस्तान्रण पछि बोल्दै कृषि उत्पादन गर्न सके मात्र मुलुक आत्मनिर्भर हुने बताउनु भयो । महिला कृषक समुहले गरेको कामको प्रशंसा गर्दै कृषिमा आधारित योजना ल्याउन आफुले पहल गर्ने नगर उपप्रमुख खनालले प्रतिबद्धता ब्यक्त गर्नु भयो । 

कार्यक्रममा वडान ३का जनप्रतिनिधि शान्तिराम मिश्र,बुद्धिजीवी लक्ष्मण घिमिरे लगायतले कृषिलाई उत्पादनसंग जोड्नु पर्ने बताउदै महिला कृषक समुहले गरेको कामको सकारात्मक र सुधार गर्नु पर्ने विषयमा  बोल्नु भएको थियो । 

सोही अवसरमा भएको सार्वजानिक सुनुवाई कार्यक्रममा स्थानियहरु राधा राई , कमला थापा ,धनमाया राई र शुक्रमाया राई आदिले समुहले गरेका काम त्यसको पारदर्शीता ,साना सिचाई परियोजना लगायतको विषयमा राखेको जिज्ञासाको जवाफ समुहकी अध्यक्ष ठकुरी र परियोजनाको प्रतिनिधिले दिनु भएको छ । यसवाट धनकुटा वडान ३ का १ सय बढी घरधुरी लाभान्वित हुने समुहको सचिव राईले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.