Websoft University

रोजगारमा जानु पर्ने वाध्यताको अन्त गर्ने दुर्गा प्रसाइको भनाइ

 



दमक,पुस १८ गते | मुलुकमा छ महिनाको सुत्केरी बैदेशिक रोजगारमा जानु पर्ने वाध्यताको अन्त गर्ने गणतन्त्र चाहिएको मेडिकल ब्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईले बताउनु भयो ।

 साथी भाई समुहले आज झापाको दमकमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै अभियान्ता प्रसाईले परिवारको खुशीको लागि विदेशीएको ब्यक्तिको मृत्यु पछि त्यही लास गुहिएर रहने गणतन्त्र देशवासीले नचाहेको बताउनु भएको हो । यस्तो अवस्थामा पनि नेपाल सरकारले पठाएका राजदुतहरु त्यही ठाउँमा डिनर लन्च गर्न ब्यस्त रहे पनि अलपत्र लासको वारेमा वेखबर हुने गरेको  प्रसाईले गुनासो गर्नु भयो ।

आफूले दुबैइका राजकुमारसंग पहल गरी २१ वटा शव आफनो पैसा हालेर नेपाल ल्याउने काम गरी सक्दा पनि नेपालका ठूला मिडियाले नदेखेको प्रसाईले आरोप लगाउनु भयो । उल्टै म माथि मिसन पत्रकारिता गर्दै नक्कली राजकुमार ,नक्कली सुनको लौरो आदि भन्दै राम्रो काम नदेख्ने नराम्रो मात्र मिडियाले देख्ने गरेको पनि उहाँले गुनासो गर्नु भयो । मेडिकल ब्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईलाई दमकमा स्वागत तथा सम्मान गरेको छ । 

अहिलेको स्थितमा ब्यवसायीहरुले१८ प्रतिशत ब्याच तिर्नु पर्ने वाध्यताको निकास सरकार , उधोग वाणिज्य संघले दिनु पर्ने सामाजिक अभियान्ता प्रसाईले बताउनु भयो ।

 दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ,पूर्वअध्यक्ष प्रकाश प्रसाई , इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक जीवन गौतम, कार्यक्रम संयोजक कमल कटुवाल लगायतले संस्थाको नाम जस्तै काम गर्न सफल होस भन्दै आफना भनाईहरु राख्नु भएको थियो । 

दमक ६ स्थित समुहको कार्यालय परिसरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा समुहका अध्यक्ष गंगा सिटौलाले वि एण्ड सी अस्पताल विर्तामोडका सञ्चालक प्रसाईलाई स्वागत तथा सम्मान गर्नु भएको हो । अध्यक्ष सिटौलाले अभियान्ता प्रसाईलाई खदा सहित सयपत्रीको माला लगाइदिएर सम्मान गर्नु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.