Websoft University

पूर्ण खोप पालिका घोषणा गर्ने महानगरको तयारी


विराटनगर पुस २२ गते | विराटनगर महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शुक्रबार सरोकारवालासित पूर्ण खोप अभियानका विषयमा अन्तरक्रियागरेको छ । विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्रमुख हैदर अलीले जानकारी गराउनु भएको थियो । 

उहाँले महानगरपालिकाभित्र रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई पूर्ण खोप लिएको नलिएको यकिन गर्ने कार्य भइरहेको बताउनुभयो । महाशाखा प्रमुख अलीले नलिएका बालबालिकाहरुलाई खोजी गरेर खोप दिई सबै बालबालिकाहरुलाई खोप दिने कार्यक्रम रहेको जानकारी दिनु भयो ।

महानगरका खोप अधिकृत अमरदीप देवले खोपको अवस्थाका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । खोप अवस्थाबारे जानकारी दिँदै देवले १० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाउन बाँकी रहेको सुनाउनुभयो । देवले ७ पटकमा १३ वटा रोगविरुद्धको खोप लगाएपछि मात्रै पूर्ण खोप लगाएको मानिने बताउनुभयो । 

महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले गाउँ, टोल र वस्तीमै पुगेर खोप लगाएका र नलगाएका बालबालिकाको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खोप अभियानलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभयो । बस्नेतले माघभित्रखोप लगाउन बाँकी बालबालिकाकोपहिचान गर्नआग्रह गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पूर्ण खोपले बालबालिकाको बिरामी दर र मृत्युदर कमी ल्याई महानगरको सूचकको अंकमा समेत वृद्धि हुने बताउनुभयो । अन्तरक्रियामा वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, महानगरका प्रवक्ता तथा ५ का अध्यक्ष सन्तोष न्यौपाने, ९ का विश्वनाथ भगत, ११ का तीर्थेन्द्र न्यौपाने, १५ का प्रकाश साहलगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.