Websoft University

दमकमा टेलिफोन,इन्टरनेट,केवुलका तारहरुलाई व्यवस्थित गर्ने का सुरू


झापा दमक | रातो तारा डट कम,बिजुलीको पोलमा अब्यवस्थित रुपमा रहेको टेलिफोन,इन्टरनेट,केवुलका तारहरुलाई झापाको दमक ८ न.वडा कार्यालयले ब्यवस्थित गर्ने अभियान चलाएको छ । 

वडाको विभिन्न टोलको विजुलीको पोलमा लत्रिएको,चुटीएको इन्टरनेट ,केबुलहरुको तार ब्यवस्थापन गर्ने अभियान वडा कार्यालयले गरेको हो । दमक ८ को सहिद ,सेतुमारी ,किरात र बिकास मार्ग ,किरात,डाँफे मुनाल मार्ग टोलको तारहरु ब्यवस्थित गर्ने काम एक साता गरेको ८ न.वडाका वडा सदस्य खेम श्रेष्ठले जानकारी दिनु भयो ।  

सडकको पोलमा रहेको केबुल र इन्टरनेटको तारको उचित ब्यवस्थापन नहुदा भै परि आउने घटनाले ठूलो क्षति पुग्ने अवस्थालाई मध्यनजर गरी अल्पकालिन रोकथामका लागि भए पनि तार ब्यवस्थापनको काम गरेको वडाअध्यक्ष दिपेश दाहालले बताउनु भयो । दमक ८ को वाँकी टोलहरुको तार ब्यवस्थापन दमक नगर पालिकाले फेरी जेसीभी उपलब्ध गराएपछि केबुल र इन्टरनेट कम्पनीका प्राविधिकको सहयोगमा तार ब्यवस्थापन अभियान चलाउने वडा सदस्य श्रेष्ठले बताउनु भयो । दमक ८ मा भने १७ विभिन्न कम्पनीले तार प्रयोगमा ल्याएको वडा कार्यालय दमक ८ ले जनाएको छ ।  

दमक ,पुस २२

झापाको दमक ८न.वडा कार्यालय दमकले आयोजना गरेको वडावासीको भेलाले आज दमक आसपासका क्षेत्रका लागि आर्यघाट निर्माण अध्ययन समिति गठन गरेको छ । 

वडा कार्यालयमा भएको भेलाले मानिसको मृत्यु पछि गरिने दाह संस्कारको लागि आर्यघाट निर्माण अध्ययन समिति गठन गरेको हो । भेलाले नेपाल जेसीजका पूर्व अध्यक्ष तथा वडावासी प्रकाश अधिकारीको अध्यक्षतामा आर्यघाट निर्माण अध्यक्ष समिति गठन गरेको ८न.वडाका वडाअध्यक्ष दिपेश दाहालले जानकारी दिनु भयो । 

दमक आसपासको क्षेत्रका लागि आर्यघाट आवश्यक भए नभएको अध्ययन प्रतिवेदन सो समितिले १५ दिन भित्र बुझाउने वडाअध्यक्ष दाहालले बताउनु भयो । अध्ययन समितिको सचिवमा जय विमली ,सदस्यहरुमा बेनु प्रसाद चुडाल,हरि प्रसाद न्यौपाने,धिरेन लावती ,विशाल मिश्र, मान बहादुर बुढाथोकी, दुर्गा खरेल ,मुना सिग्देल ,यज्ञनिधि काफले, पारसमणी नेपाल ,गंगा सेढाई ,बेनु सुब्बा र प्रेम मगर रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.