Websoft University

गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाद्वारा प्रहरी सहायक निरीक्षक गणेश दाहाल सम्मानित


 शिव भट्टराई मोरङ | रातो तारा डट कम,गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाद्वारा प्रहरी सहायक निरीक्षक गणेश दाहाल सम्मानित


मोरङको सुन्दरहरैंचा स्थित गोठगाउँ चोकको सौन्दर्य निर्माण, पार्किङ र ट्राफिक व्यवस्थापन कार्यमा क्रियाशील भएर गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाले सञ्चालन गरेको अभियानलाई सहयोग गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बिहीबार एक कार्यक्रमका बिच ट्राफिक प्रहरी गछियाका प्रहरी सहायक निरीक्षक गणेश दाहाललाई सम्मान गरिएको छ।

सोही अवसरमा गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाका अध्यक्ष केशव भट्टराईको अध्यक्ष्यतामा जनप्रतिनिधि, सामाजिक, राजनीतिक व्यक्तित्व, सुरक्षाकर्मी, स्थानीयहरूको उपस्थितिमा गोठगाउँ चोकमा राष्ट्रिय झण्डा राखेर सौन्दर्यीकरण गरिएको छ।

आफ्नो गाउँ आँफै बनाउ भन्ने उद्देश्यले आफ्नो ठाउँलाई सुन्दर र सफा बनाउन यस कार्य गरिएको स्थानियको भनाई छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.