Websoft University

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ


बिराटनगर, माघ ६ गते । रातो तारा डट कम,झापा र भोजपुरको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका ६ लमजुङ घर भई काठमाण्डौ महानगरपालिका(५ बसपार्क मिलन टोलमा डेरा गरी बस्दै आएका २४ बर्षीया युकेन गुरुङ र भोजपुरको देउरालीका २१ बर्षीय रेबन बराईली रहेका छन् । 

गुरुङलाई हिजो साँझ ७ बजे झापाको भद्रपुर एयरपोर्टबाट काठमाण्डौ जान लागेको अबस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगर १२ ग्राम फेला पारी नियन्त्रणमा लिईएको हो । उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

 यसै गरी रेवन बराईलीको हिजो अपरान्ह ४  बजे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका वडा नं।१० भैंसीपंखा मेजर चोक स्थितबाट लागुऔषध ब्राउन सुगर ९९० मिलीग्राम सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.