Websoft University

मरुवाहरित सामुदायिक वनमा अवैध रुपमा काचो सखुवाको रुख कटान हुदै

 


गाईघाट २९ पौष| | उदयपुरको कटारी नगरपालिका –४ स्थीत मरुवाहरित सामुदायिक वनमा अवैध रुपमा काचो सखुवाको रुख कटान गरीएको    छ । केही समय देखि उपभोक्ता समिती निष्कृय रहेको मौका पारी काठ तस्करले लकडी कटान गरेको स्थानिय उपभोक्ता को आरोप  छ । ‘समुह भित्र २०,२५ वटा काचो सखुवाको रुख काटीएको छ , रुख कस्ले काट्यो भन्ने वारे केहि खुलेको छैन् । ’ स्थानिय रमेश कटुवालले भने । 


वजार क्षेत्र नजिकै उक्त समुहको जंगल आसपासमा चौविसै घण्टा वन कर्मचारीको वाकुलो उपस्थीति भैरहने भए पनि उनिहरुले रुख कटान भएको थाहा नपाउनुले कर्मचारीहरुकै संलग्नता हुन सक्ने स्थानियहरुले आशंका गरेका छन् । तर वन कर्मचारीहर भने उपभोक्ता समुह लाई जिम्मेवार ठहराउदै पन्छिने गरेका छन । वन क्षेत्र भित्र धेरै ठाउमा काचो रुख काटीएको छ ,रुखको ठुटा छाडेर सवै लकडी लगिएको छ । 

कटुवालले भने । ‘हामीले ३० , ३५ वटा काचो रुख काटिएको भेट्यो ,ति सवै काचो रहेको छ । ’ उनले भने । समुहका सचिव रुद्र परियारले अवैध रुपमा रुख कटान गरिएको भए पनि काट्ने समुहको पहिचान खुल्न नसकेको वताए । ‘हामीले वन कर्मचारी संग समन्वय गरी रुख काट्ने समुहको खोजी गरिरहेका छौ । 

’उनले भने । समुहका अध्यक्ष दिनेश कार्कीले चोरी तस्करी गिरोह समुह वाट रुख कटान गरीएको हुन सक्ने भएकोले उनीहरुको खोजीको लागी वन गस्ती लाई सक्रिय वनाईएको वताए । ‘के कती रुख काटीएको भन्ने वारे लगत लिने काम भैरहेको छ ।

 ’उनले भने । ‘परिचय पत्र विनाको उपभोक्ताहरु लाई समेत अहिले वन क्षेत्र भित्र प्रवेश गर्न दिएको छैनौ ’उनले भने । डिभिजन वन कार्यलय त्रिवेणीका सुचना अधिकृत भोगेन्द्र मण्डलले हरियो रुख कटान भएको जानकारी आए पछि यस वारेमा सव –डिभिजनका कर्मचारी लाई छानविन गर्न खटाईएको वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.