Websoft University

देशको विकासका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक - मेयर कोइराला


विराटनगर पुस १७ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै संघीयता बलियो हुने बताउनु भएको छ ।

उहाँले संघीयता बलियो नभएसम्म मुलुकको विकाससमेत नहुने बताउनुभयो । इस्वी सम्वत् २०२३ को अवसरमा महानगररवासीसहित स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिंदै मेयर कोइरालाले तीनै तहको सरकार बीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

उहाँले अब संकीर्ण र साँघुरो मानसिकता बोकेर देशको विकास नहुने दाबी गर्नु भएको छ । मेयर कोइरालाले शुभकामना सन्देश दिंदै स्थानीय तहलाई थप अधिकार सम्पन्न र स्रोतसाधनयुक्त बनाउनुपर्नेमा जोड दिनु भएको छ । स्थानीय तहको विकासले मात्रै समग्र मुलुकको विकास हुने मेयर कोइरालाले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.