Websoft University

नामाकरण गरेर प्रदेश गलत हो भन्नेहरुलाई जवाफ दिन सांसदरुको जोड


गणेश लम्साल - बिराटनगर १७ पुस गते ।  पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघिता विरोधीरलाई जवाफ दिनुपर्नेमा  नयाँ निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन ।

नवनिर्वाचित सांसदहरुलाई पुसन १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको शनिवार समापन कार्यक्रममा बोल्दै सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधीहरुलाई जवाफ दिनुपर्नेमा जोड दिएका हुन ।

प्रदेशको नामाकरणसँगै पाँच बर्षसम्म पार्टी अनि सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहारकाट मुक्त्त भएर सबै दलहरुले   सहकार्य गरेमात्र  प्रदेश संरचना विकासको अधिकारका  लागि आवश्यक छ भन्ने औचित्य पृष्टिहुने दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरुको भनाई छ ।  

समापन कार्यक्रमा बोल्दै सबै भन्दा ठूलो दल नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारीर्ले प्रदेश भडकिलो र खर्चिलो भयो यसको काम छैन खारेज गर्नुपछर्’ भन्ने प्रश्नहरु उठन थालेकोले त्यसलाई गलत बनाउन अबको पाँच बर्ष सबै दलहरुले आपसी समन्वय गरेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले राजनैतिक पार्टीहरु सत्ता र प्रतिपक्षको विभेदबाट मुक्त्त भएर एकताको भावनाले काम गर्न सके पाँच बर्षमा प्रदेश सभा विकासका लागि आवश्यक छ भन्ने सहजै पृष्टि दाबी गरे । नेता राजभण्डारीले पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसक्दा पनि संघियता विरोधी प्रश्नहरु उठेकोले अब सबै दलहरुले सहमती बनाएर प्रदेशको नामाकरण चाँडै गर्नुपर्नेमा जोड दिए । नेता राजभण्डारीले भने र्, हामीले सहमती बनाएर तुरुन्तै प्रदेशको नाम राखेनौ भने प्रदेशको काम छैन खारेज गरौ भन्नेहरुलाई बल पुग्छ यसैले पहिले सर्वसम्मतले प्रदेशको नामाकरण गरौ ।,’

काँग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रादेशिक संरचना गलत हैन सही हो भन्ने कुरा प्रदेश सभा र सरकारले व्यवहारबाट पृष्टि गर्नुपर्ने चुनौती थपिएकोेले चनाखो भएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए  । नेता थापाले प्रभावकारी कानुन बनाउन र बनेका कानुनहरु कार्यान्वयन गराउँदै सरकारको निगरानी गर्न सकेमा प्रदेशमा विकासले फडको मार्ने र संघियता गलत हो भन्नेहरुको प्रश्न आफै गलत साबित हुने बताए । नेता थापाले पनि सर्वसम्मत रुपमा प्रदेशको नामाकरण गर्ने दायित्व थपिएकोले चाँडै पुरा गर्नुपर्नेमा जोड दिए । उनले प्रादेशिक संरचनालाई दिगो बनाउन सातवटै प्रदेशको सम्बन्ध प्रगाढ बनाउनुपर्छ भने ।

माओबादी केन्द्रका नेता दुर्गा चापागाँईले निर्वाचित भएका सबै दलका सांसदहरुले पाँच बर्ष चनाखो भएर काम गर्नसके प्रदेश गलत हो भन्नेहरु आफै गलत साबित हुने बताए । उनले भने र्, हाम्रो मुख्य चुनौती नै प्रदेशको औचित्य सार्थक बनाउने हो यसैले हामीले फुटेर हैन जुटेर काम गर्नुपर्छ ।’,  

राप्रपा संसदिय दलका नेता भक्त्तिप्रसाद सिटौला एकिकृत समाजबादीका नेता कमलप्रसाद जबेगु र जनता समाजबादीकी निर्मला लिम्बुले विकासका लागि सबै दलहरु एक हुनुको विकल्प नभएको भन्दै आगामी पाँच बर्ष ईमान्दार र पारदर्शी ढंगले काम गर्ने बताए।

नयाँ निर्वाचित ९३ जना सांसदहरुलाई विराटनगरमा भेला गरि प्रदेश १ सभाले १५ र १६ पुसमा अभिमुखिकरण गराएको थियो । अभिमुखिकरणमा संबिधानविद डा विपिन अधिकारीले संघियतामा प्रदेश सभा र सांसदहरुको भुमिका , कानुन निर्माण गर्ने तरिका अनि बिषयत समिति निर्माण र निगरानीमा उनीहरुको अधिकारबारे प्रस्टपारेका थिए । यसैगरि प्रतिनिधि सभाका पुर्व सचिव मुकुन्द आचार्यले प्रदेश सभा सञ्चालन र व्यवस्थापनको प्रकृया र मर्यादलका लागि पालना गर्नुपर्ने आचारणहरुका बारे बुझाएका थिए । यस्तै पुर्व महालेखा प्र्रम्ख सुरेश प्रधानले सार्वजनिक वित्त व्यवस्थापन , बजेट कार्यान्वयन र निगरानी अनि लेखा परीक्षणबारे जानकारी गराएका थिए । संसदिय पत्रकार मञ्च प्रदेश १ का अध्यक्ष गणेश लम्सालले संसदको खुलापन बढाउँदै आम नागरिकहरुको पक्षमा धेरै काम गर्न सांसद , सचिवालय र पत्रकाहरु विच सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.