Websoft University

गाइघाट दिक्तेल सडक-निर्माण व्यावसायिले काम नगरी योजना अलपत्र पारे

 


गाईघाट ९ पौष | रातो तारा डट कम,निर्माण  व्यावसायिले काम नगरी योजना अलपत्र पारे पछि गाईघाट दिक्तेल सडक आयोजनाले निर्माणधिन सडकको दुई प्याकेजको  ठेक्का रद्ध गरेको छ । ठेक्का लिएर वर्षैा देखि काम नगरी योजना अधुरै छाड्ने खोटाङ– फाेिक्सङटार– सिम्पानी र उदयपुर को अधेरी खोला फोक्सिङटार सडक खण्डको ठेक्का शुक्रवार रद्ध गरीएको गाईघाट दिक्तेल सडक योजना कार्यालयका प्रम्ख गोपाल प्रसाद खकुरेलले वताए ।

 उनले निर्धारीत समयमा काम सम्पन्न नगरे पछि वाध्य भएर ठेक्का संझौता  रद्ध गरीएको वताए । खोटाङ –फोक्सिङटार सिमपानी २६ किमी सडक कालो पत्रेको काम को ठेक्का लिएको निर्माण कम्पनी देव नारायण पवन ÷मैनाचुली ÷खाम्पाचे जेभी संग को ठेक्का तोडीएको डिई खकुरेलले वताए ।

 उक्त ठेक्का करिव ५५ करोड ८७ लाख रुपैयाको लागतमा २०७७ साउन १० गते भित्र निर्माण सम्पन्न गरीसक्नु पर्ने गरी २०७३ साउन ११ गते संझौता भएको  थियो । सडक नाली ,ग्यावियन सहित २६ किमि सडक कालो पत्रे गर्नु पर्नेमा निर्माण कम्पनीले सडक कालो पत्रेको काम अझै सुरु गरेको छैन । डिई खकुरेलले अहिले सम्म ५३ प्रतिशत मात्र काम सम्पन्न भएको वताए । 

‘सडक नालि र स्ट्रकचर को काम भएपनि सडक कालो पत्रे को काम भएकै छैन । ’उनले भने । पटक पटक म्याद थप गरीएको भएपनि निर्माण व्यावशायिले अझै काम नसकी काम अपुरो छाडेकोले ठेक्का तोड्नु परेको उनलेवताए । ‘हामीले काम गर्न पटक पटक आग्रह गरेका थियौ , तर उनीहरुले काम गर्न कुनै चासो नदेखाई सम्पर्क विहिन भएपछि ठेक्का तोड्नु पर्ने अवस्था आयो । ”डिई खकुरेलले भने । त्यसैगरी उदयपुरको अधेरी खोला– फोक्सिङटार सडक खण्डको ठेक्का समेत तोडीएको छ । ठेकेदार कम्पनी ले काम अधुरो छाडेर सम्पर्क विहिन भएपछि उक्त खण्डको ठेक्का संझौता रद्ध गरिएको छ ।  

११ करोड १७ लाखको लागतमा २०७५ भदौ १४ गते मैनाचुली  शिद्धिसाई प्रकाश जेभी संग ठेक्का संम्भाmौता भएको थियो । २०७८ चैत २८ गते सम्पन्न गरी सक्नु पर्ने संम्झौता भए पनि  आयोजनाले निर्धारीत समयमा काम सम्पन्न नभए पछि तिन पटक म्याद थप गरेको थियो । तर पनि ठेकेदार कम्पनिले काम नगरी वेवास्था गरेको ले उक्त प्याकेजको ठेक्का संझौता तोड्नु परेको उनले वताए । पटक पटक म्याद गर्दा पनि ठेकेदारले ८० प्रतिशत मात्र काम गरेको उनले वताए । 

‘काम छिटो सकिन्छ भनेर हामीले उनीहरुको आग्रह अनुसार म्याद थप गरेका थियौ । तर उनीहरुले काम अपुरै राखेर हामी लाई समेत समस्यामा पार्न खोजे । ”डिई खकुरेलले भने । उनले दुई प्याकेज कामको निर्माण व्यावसायि वाट व्याज सहित १० करोड रुपैया जरीवाना असुल उपर गरीएको वताए । सडक आयोजना ले ठेक्का संझौता रद्ध गरे संगै उनीहरुको वैक धरौटी जफत गर्ने प्रकृया सुरु गरे संगै ति दुई फर्म लाई कालो सुचीमा राखेर कार्यवाही अघि वढाउने तयारी गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.