Websoft University

विराट एक्स्पो-एक्स्पोको भोलि अन्तिम दिन


विराटनगर,पुस ९ गते | रातो तारा डट कम,विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको आइतबारदेखि समापन हुँदैछ । मंसिर २९ गतेदेखि सञ्चालन भएको एक्स्पो पुस ६ गतेसम्म गर्ने लक्ष्यका साथ आयोजना गरिएको थियो ।

एक्स्पोमा आफ्नो उत्पादन लिएर आएको उद्योगी, व्यवासयी तथा एक्स्पो अवलोकन गर्न आउनेहरुको चाहना अनुसार समय बढाउँदै पुस १० गतेसम्म आयोजना गरिएको हो । दैनिक एक्स्पो अवलोकन गर्न सबै उमेर समूहका अवलोकनकर्ताहरु आएका थिए । एक्स्पोमा प्रदेश १ को  विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहारबाट समेत अवलोकन गर्न आए ।  


एक्स्पोको सुरुवातदेखि नै अवलोकनकर्ताहरुको भीड अत्याधिक रहँदै आएको थियो । त्यहाँमा आउने अधिकांशले दैनिक उपभोग्य वस्तुमा बढी भीड बनाएका थिए । अन्य सवारी साधन तथा लत्ताकपडामा पनि छुटका कारण खरिदकर्ताहरुको राम्रै भीड रहेको उद्योग संगठन मोरङले जनाएको छ ।


बालबालिकाहरुको आकर्षण रोटेपिङलगायतको खेल्नेमा रहेको थियो । प्रत्येक दिन अलग अलग किसिमका साँस्कृतिक र साँगीतिक महोल अर्को आकर्षण रहेको छ । साँझमा आयोजना हुने साँगीतिक कार्यक्रममा युवायुवतीको उल्लेखिएको उपस्थिति रहँदै आएको छ । एक्स्पोको अन्तिम दिन आइतबार ‘कबवेब ब्याण्ड’को प्रस्तुति रहने छ ।


यसरी गरी, एक्पोमा अवलोकनकर्ताहरुको सहजताका लागि दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.