Websoft University

शुभकामना


बिराटनगर पुस १० गते | रातो तारा डट कम,  इसाई धर्मावलम्बीहरूको मुख्य चाड क्रिसमसको सुखद अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास पनि व्यक्त    गर्दछु ।

इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ । यस पर्वका अवसरमा प्रभु येशुको शिक्षा एवं उपदेशको मनन गर्ने, आपसमा प्रेम प्रकट गर्ने र शुभकामना उपहार आदानप्रदान गर्ने परम्परा छ ।

नेपालको संविधानले नेपाललाई बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको रुपमा स्वीकारे गरेकाले एकातिर आ–आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति, रीति–रिवाज मान्न पाउने अधिकार र स्वतन्त्रता सुरक्षित छ भने अर्कोतिर सबै भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्यको र सबै नेपालीको साझा दायित्व र कर्तव्य हो ।

हाम्रा जुनसुकै चाडपर्व, संस्कृति र परम्पराहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण छन् । क्रिसमसले सबै नेपालीबीच एकआपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा यस अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 राजेन्द्रकुमार राई

मुख्यमन्त्री

मिति २०७९ पौष १० गते, आइतबार

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.