Websoft University

प्रदेश प्रहरी प्रमुखबाट बिधालयका बिजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना


बिराटनगर, पुस १० गते । रातो तारा डट कम,नेपाल प्रहरी स्कुल धरानका फुटवल टिमका बिजय खेलाडीहरुलाई  १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बधाई तथा शुभकामना दिनु भएको छ ।

यही मंसिर २१ गतेबाट नेपाल प्रहरी बिधालय साँगामा संचालित “२८ औं अन्तर माध्यमिक बिधालय आई।जी।पी। फुटवल रनिङ ट्रफी २०७९” मा नेपाल प्रहरी स्कुल धरानका  सहभागी फुटबल खेलाडीले खेलमा प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए ।

 खेलमा सहभागी भई आज धरान फर्कि आएका बिधालयका प्राचार्य, समादेशक सहितको खेलमा प्रथम स्थान हाँसिल गर्न सफल खेलाडी टोलीलाई प्रदेश प्रहरी प्रमुख गिरीले खादा ओढाई बधाई तथा शुभकामना दिनु भएको हो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका निमित्त कार्यलय प्रमुख सहित अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.