Websoft University

अन्तराष्ट्रिय आमन्त्रण जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको आजको खेल बि वाइ सी क्लव अमेरिकाले जितेको छ ।

 


दमक पुस ९ गते | रातो तारा डट कम,झापाको दमक ३ स्थित वेलडाँगी शिविरमा भइरहेको प्रथम अन्तराष्ट्रिय आमन्त्रण जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको आजको खेल बि वाइ सी क्लव अमेरिकाले जितेको छ । 

दमक ३ स्थित वेलडाँगीको भुटानी शरणर्थी शिविरको खेल मैदानमा भएको प्रतियोगिताको खेलमा दार्जेलिङ्गको यु के एफ सी क्लवको टिमलाई टाइबे्रकरमा पाखा लगाउदै बि वाइ सी  क्लवको टिमले जित हात पारेको हो । निर्धारित ६० मिनेटको खेलमा दुवै टिमले २ –२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्करवाट गरिएको थियो । 

टाईब्रेकरमा यु के एफ सी क्लवको टिमलाई४–३ गोलले पराजित गर्दै बि वाइ सी क्लव अमेरिकाको टिम विजय भएको छ । खेलको म्यानअफ दी म्याच यु के एफ सी टिम क्याप्टेन तथा गोल किपर पुजन थापा मगर घोषित भए । उहाँलाई नगद ५ हजार मेडल आयोजक जय हुमगाई फाउण्डेशनका अध्यक्ष शिव हुमागाईले  प्रदान गर्नु भएको थियो ।

प्रतियोगिता अन्तर्गत भोलीको खेल रुक्यामरुनको एभेनियर फुटबल क्लव र सहलेस युवा क्लव सिराह बीच हुने आयोजकको खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि  विजेताले ५ लाख नगद ,उपविजेताले ३ लाख पाउने ,प्रथम, दोस्रो हुने टिमलाई कप मेडल र ट्रफी प्रदान गरिने छ । 

प्रतियोगितामा विभिन्न ८ टिम सहभागी हुने खेलको फाइनल पुस १३ गते हुने जय हुमगाई फाउण्डेशनले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.