Websoft University

एक दिने निस्शुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन


बिराटनगर, २०७९ पौष ३ गते । रातो तारा डट कम,नेपाल प्रहरी श्रीमती संघ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजना तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा।लि। बिराटनगरको सहकार्यमा एक दिने बृहत  निस्शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र संचालित शिविरको नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्री कुसुम लता सिंहले पानसमा बत्ती बालेर बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, दाँत,जनरल मेडिसिन, स्त्री रोग, फोक्सो सम्बन्धी रोगहरुको बिशेषज्ञ डाक्टरहरुबाट चेकजाँच गरिएको छ । 


शिविरमा भिडियो एक्सरे, ई।सी।जी। बिभिन्न किसिमका ल्याव टेस्टको समेत सुबिधा रहेको उक्त शिबिरमा निशुल्क औषधी समेत बितरण गरिएको थियो । एक दिने बृहत स्वास्थ्य शिविरमा प्रहरी कर्मचारीहरु , पुर्व प्रहरी, अमररअशक्त प्रहरीका सन्ततीहरु समेत गरी पुरुष २८५ जना, महिला ७६ जना र बालबालिका १० जना गरी जम्मा ३७१ जनाले निस्शुल्क स्वास्थ्य सेवालिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.