Websoft University

प्रदेश सरकारको प्रशासनिक संरचना निर्माण-जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन


विराटनगर, ३ पुस | प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आज मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाउनुभएको छ ।

मन्त्री कार्कीले मुख्यमन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन बुझाउने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरकुमार गिरी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारजीवन राईकोपनि उपस्थितिथियो ।

गत वर्षको माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न भनेर आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले यस अवधीमा सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक जग्गाको माग गरेको थियो । सोअनुरुप विभिन्न स्थानबाट जग्गा दिने प्रतिवद्धता प्राप्त भएको कार्यदलका संयोजक एवं आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले बताउनुभयो ।

मन्त्री कार्कीको संयोजकत्वमा गठित कार्यदलमा विराटनगर, कटहरी, ग्रामथान, बूूढीगंगा, दुहवी, इटहरी र सुन्दरहरैंचा नगरपालिकाहरूका प्रमुखहरू सदस्य रहनुभएको थियो । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव उक्त कार्यदलको सदस्य सचिव हुनुहुन्थ्यो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.