Websoft University

लैङिगक समानता ल्याउन मोरङमा दलका नेता , जनप्रतिनिधि र अधिकृतहरुको प्रतिबद्धता


विराटनगर, मंसिर २३ गते ।रातो तारा डट कम, मोरङका राजनैतिक दलका नेता  , पालिका प्रमुख र प्रशासकिय अधिकृतहरुले  समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन ।

दलित महिला केन्द्रले विहिवार विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन ।

एकिकृत समाजबादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखी दलसम्म महिलाहरुलाई नेतृत्वमा अवसर दिनसकेमात्र समाजबाट लैङिगक असमानता हटेर समानता आउने भएकोले आफु र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता गरे ।

माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जनयुद्ध र जनआन्दोलनपछि निर्माण भएको  २०७२ को संबिधानले महिलालाई अधिकार दिएपनि पुरुषबादी चिन्तनमा परिवर्तन आउन नसक्दा समाजमा अझै लैङिगक समानता आउन नसकेको हो भने । उनले समाजमा विद्यमान सबैखाले असमानता हटाउन माओबादी केन्द्र सधै तत्पर रहेको र रहिरहने बताए ।

नेपाली काँग्रेस मोरङका सहसचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाहरुले सफल रुपमा नेतृत्व निर्वाह गर्नसक्छन भन्ने प्रशसक्त्त उदाहरण भैसकेकालेउनीहरुलाई घर दल दुवैमा अवसर दिन आफुहरु तयार रहेका छौ भने । जनता समाजबादी  पार्टी मोरङका नेता राधे कामतले महिलाहरुलाई नेतृत्व दिन सबै राजनैतिक दलहरुहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

उर्लाबारी नगरपालिका प्रमुख गंगा खरेलले लैङिगक समानता ल्याउन महिलाहरुले मात्र आवाज उठाएर पुग्दैन भन्दै पुरुषहरुले पनि अग्रसर भएर उनीहरुको हक अधिकारका लागि लडनुपर्नेमा जोड दिए । सुन्दरहरैचा नगरपालिका प्रम्ख केदारप्रसाद गुरागाईले पनि राजनैतिक दलहरुले चिन्तनमा परिवर्तन नगर्दा महिलाहरुको अवसर कुण्ठित भैरहेको बताए । उनले आफुले गर्ने सबै नीतिहरु महिलालाई प्राथमिकता दिएर निर्माण गराएर कार्यान्वयन गराउने प्रतिबद्धता जनाए ।  

कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाहरुले नेतृत्वमा अर्थपुर्ण सहभागिता पाएमात्र समाजमा लैङिगक समानता आउने बताउदै आफुहरुले बजेट र नीति बनाउँदा महिला अधिकारबारे बिशेष ख्याल गरिरहेको र गरिरहने बताए ।

बेलबारी नगरपालिका प्रम्ख डिपी राईले महिलाहरुले ‘ सक्दिन ’ भनेर हिनभावना राखेर हैन सधै ‘सक्छु ’ भनेर अगाडी बढे नेतृत्वमा सधै सफल हुने विश्वास व्यक्त्त गरे ।

रंगेली नगरपालिका उपप्रम्ख झुमा पराजुलीले अझै पनि बजेट र नीतिहरु निर्माण गर्दा महिलाहरुलाई उपेक्ष ागर्ने चलन कायमै रहेको बताइन ।

केरावारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले अवसर पाए महिलाले नेतृत्व सक्छन भन्ने उदाहरण आफु नै भएको प्रस्ट पारिन । उनका अनुसार पहिले वडा सदस्य रहेकी उनी हाल उपप्रम्खमा निर्वाचित हुन सफल भएकी हुन ।

रंगेली नगरपालिका प्रशासकिय अधिकृत ओमकारप्रसाद न्यौपानेले कागजी शब्दावलीमै सिमित राखिरहँदा व्यवहारमा लैङिगक समानता आउन नसकेको बताए । उनले बजेट र नीति बनाउने मात्र नभै व्यवहारमा कार्यान्वयन गराउन सकेमात्र महिलाहरुले नेतृत्व प्राप्त गर्नसक्ने बताए । अधिवक्त्ता दिनेश घलेले सबै कुरा राजनीतिलाई मात्रै छाडेर परनिर्भर हुनखोज्दा  समाजमा लैङिगक समानता आउन नसकोको हो भने । उनले समाजमा राजनीति जस्तै समाजिक , भाषिक , साँस्कृतिक आदि नीतिहरु पनि समान रुपमा लागु हुन सकेमात्र लैङिगक समानता आउने बताए । समाजमा अझै पित्तसत्ताको दबदबा कायमै रहेकोले समाजमा लैङिगक समानता प्राप्ती चुनौती बनिरहेको प्रस्टयाए ।

ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छेदारले पार्टीका नेताहरुको निगाहामा छाडिदिदा सक्षम महिलाहरुले पनि निर्वाचनमा टिकट पाउन नसकेको बताए । उनले लैङिगक समानता भनेर हैन व्यवहारमा गरेर देखाउनुपनैमा जोड दिए ।

केरावारी गाउँपालिका पुर्व उपाध्यक्ष  शान्ति लिम्बुले महिलाहरुले पनि आफनो हक डडेर खोज्न नसक्दा नेतृत्वको अवसरबाट बन्चित हुनुपरेको बताईन । ग्रामथान गाउँपालिका उपाध्यक्ष गुणवती धामीले कसैले पनि लैङिगक विभेदको अधारमा काम  विभाजन गर्ने चलन अन्त गर्नुपर्नेमा जोड दिइन । उनले टोलदेखी केन्द्रिय कमिटीसम्म महिलाहरुलाई राजनैतिक दलहरुले समान सहभागीता दिनुपर्नेमा जोड दिइन ।

कटहरी गाउँपालिका उपाध्यक्ष सीतादेवी राजवंशीले  सामाजिक र साँस्कृतिक शुद्धिकरणको नीति अपनाएर महिलामैत्री बन्न सबै राजनैतिक दलहरुलाई आग्रह गरिन । उनले महिला जनप्रतिनिधिहरुलाई हेर्ने धारणा अझै परिवर्तन नभएकोले त्यसबारे पनि दलहरुले सचेतना अभियान चलाउनुपर्नेमा जोड दिइन ।

दलित महिला केन्द्रकी केन्द्रिय उपाध्यक्ष लक्ष्मी परियारले राजनीतिमा महिलाहरुको नेतृत्व सबल नभएसम्म समाजमा लैङिगक समानता आउन नसक्ने भएकोले जनप्रतिनिधि  , दलका नेता र महिलाहरुका लागि निरन्तर क्षमता अभिबृद्धि र शसक्त्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन ।  

लैङिगक समानता र निर्वाचित जनप्रतिनिधिहरुको राजनैतिक सहभागीता अभिबृद्धीबारे उक्त्त अन्र्तक्रियामा मोरंङका नौ वटा पालिकाहरुका प्रम्ख , उपप्रम्ख र प्रशासकिय अधिकृत सहित राजनैतिक दलका जिल्ला नेताहरु सहभागी थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.