Websoft University

मणिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जना महिलाको मृत्यु


पोखरा मसिर २४ गते । पोखरामा मणिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।

रामी भएर अस्पतालमा भर्ना भएकी छोरीलाई भेट्न गएकी कास्की जिल्ला पोखरा १८ सराङकोट बसोबास गर्ने ६५ वर्षीया धनसरी घर्तीको अस्पतालको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।

घर्तिकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा घर्ति तलाबाट खसेकी हुन् ।

उनी खस्नुको कारण नखुलेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.