Websoft University

साना किसान कृषि सहकारी संस्था सुन्दरपुरको २६ औं बार्षिक साधारणसभा सम्पन्न


शिव भट्टराई मोरङ | साना किसान कृषि सहकारी संस्था सुन्दरपुरको २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा ६ स्थित साना किसान कृषि सहकारी संस्थाले शनिबार आफ्नो २६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ।सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष भीम प्रसाद पौडेलको अध्यक्षता रहेको थियो। 

संस्था कै सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरागाईंले सहकारीलाई बार्षिक उत्सवको शुभकामना दिँदै अब कृषि सहकारीहरुलाई प्राथमिकता दिएर आगामी कार्यक्रमहरुमा कृषि सहकारीहरुको सल्लाह सुझाव लिएर     सहकारीहरुलाई अघि बढाउनलाई आफ्नो नगरको तर्फबाट गर्नु पर्ने साथ र सहयोग गर्न तयार रहेको बताएका छन्।

कार्यक्रममा साना किसान विकास बैंक इटहरीका प्रबन्धक दिपक राज पाण्डे, नेपाल कृषि सहकारी केन्द्रीय संघका सदस्य हरि ब. बस्नेत, जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रविन्द्र आचार्य, जिल्ला कृषि सहकारी संघ मोरङका उपाध्यक्ष सोभित मान पौडेल लगायत अन्य सामाजिक, राजनीतिक साथै सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो।साधारण सभामा संस्थाका उपाध्यक्ष अरुण सुवेदीले स्वागत मन्तव्य राखेका थिए। सोही अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ठ सेयर सदस्यहरुलाई दोसल्लाह ओढाई प्रमाण पत्र सहित सम्मान गरेको थियो भने संस्थामा सेवा निवृत कर्मचारीलाई बिदाई गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.