Websoft University

विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी) का सम्बन्धमा उद्योग संगठन मोरङले पतपत्रकार सम्मेलन गरेर जानकारी गरायो |


बिराटनगर  मसिर १८ गते | रातो तारा डट कम, उद्योग सङ्गठन मोरङ आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापित निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था   हो । यस सङ्गठनले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’–को आयोजना गर्ने भएको छ । प्रदर्शनी विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा यही मङ्सिर २९ देखि आगामी पुस ६ गतेसम्म हुने सादर जानकारी गराउँदछु । आजको पत्रकार सम्मेलन यही प्रदर्शनीमा केन्द्रित हुनेछ ।

सङ्गठनले सबैभन्दा पहिलो एक्स्पोको आयोजना ‘कोशी महोत्सव’–का नामबाट २०५३ सालमा आयोजना गरेको थियो । आज २०७९ मा विराट एक्स्पोको सातौँ संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीमध्ये आफ्नै छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान र ब्रान्डको स्थापना गर्न सफल भएको छ ।

एक्स्पोको उद्देश्य

विराट एक्स्पो एक औद्योगिक एक्स्पो हो । त्यसैले यसका माध्यमबाट उत्पादक र उपभोक्ताबिच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान हुनेछ । एक्स्पोले उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पु¥याउनेछ । साथै कृषि–उत्पादनको व्यवसायीकरण गर्न एक्स्पोको अहम् भूमिका हुने कुरामा हामी  विश्वस्त छौँ । यसबाहेक यसबाट पर्याप्त रूपमा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार हुने र आन्तरिक पर्यटनको प्रवद्र्धन हुने हाम्रो विश्वास छ । यस एक्स्पोबाट नवप्रवद्र्धक (स्टार्टअप)–हरूको व्यावसायिक विकासमा सहयोग पुग्नेछ । यसबाट स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन ठुलो योगदान पुग्नेछ ।

यस पटकको सातौँ संस्करणमा केही फरक र नयाँपन दिने प्रयत्न गरेका छौँ । कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगसँगै यस पटकको एक्स्पोलाई विशुद्ध औद्योगिक एक्स्पोको फ्लेवर दिन खोजिएको छ । जस्तै आर्थिक एवम् औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल गरेर अनुभवको आदान–प्रदान गर्न दैनिक रूपमा फरक–फरक विषयमा प्राविधिक सत्र, अन्तरक्रिया तथा सेमिनारहरूको आयोजना गरिनेछ ।

 एक्स्पोमा प्रदेश नम्बर १ मा लगानीका सम्भावित क्षेत्रहरूको लगानी पेभिलियन, नवउद्यमीहरूको उद्यमशीलता विकास गर्न स्टार्टअप पेभिलियन, श्रम–रोजगार र सीप फाँटका लागि छुट्टै पेभिलियन तथा पर्यटन क्षेत्रलाई पनि छुट्टै पेभिलियनको व्यवस्थापन गरेका छौँ । यसबाट एक्स्पोमा समग्र औद्योगिक इकोसिस्टमको प्रदर्शन हुनसक्ने हाम्रो विश्वास छ ।

यस्तैयस्तै थप फरक र विविधतायुक्त कार्यक्रम तथा आकर्षणहरूका साथ आएको विराट एक्स्पो–२०७९ को आन्तरिक तयारीका सबै कार्यहरू पूरा भएको जानकारी गराउँदछु |

विराट एक्स्पो २०७९ का मुख्य कार्यक्रम, हाइलाइट तथा आकर्षणका बारेमा प्रकाश पार्न चाहन्छु ।

उद्योग संगठन मोरङको गौरवपूर्ण प्रस्तुति

विराट एक्स्पो सातौँ संस्करण

विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी

मिति ः २०७९ मङसिर २९ देखि पुस ६ गतेसम्म

स्थान ः डिग्री क्याम्पस, विराटनगर

समय ः बिहान १० देखि साँझ ७ बजेसम्म

टिकट दर ः ४ बजेसम्म ः रु. ५०

          ४ बजेपछि ः रु. १००

क) स्टल तथा स्टल सङ्ख्या ः जम्मा ३६१

१. पेभिलियन ४ वटा (४० फिट × ४० फिटसाइजको)

१. पर्यटन पेभिलियन (६ वटा)

२. लगानी पेभिलियन (६ वटा)

३. श्रम–रोजगार तथा सीप पेभिलियन (१५ वटा)

४. स्टार्टअप पेभिलियन (२५ वटा)

२. प्रायोजक स्टल ः १० वटा (६ मि×६मि)

३. उद्योग संगठन मोरङ कार्यसमिति परिसर

ड्ड ३४ वटा स्टल

४. औद्योगिक (कर्पोरेट तथा डिस्प्ले प्रोडक्ट) परिसर (डोम १)

ड्ड ७५ वटा स्टल

५. औद्योगिक (कन्जुमर प्रोडक्ट) परिसर (डोम २)

ड्ड ७५ वटा स्टल (विराट व्यापार संघद्धारा प्रवद्र्धित ४० वटा स्टल समेत)

६. कृषि तथा साना घरेलु एवम् सूचनामूलक (वस्तु तथा सेवा) परिसर (डोम ३)

ड्ड ७५ वटा स्टल (प्रदेश सरकार कृषि मन्त्रालयद्वारा प्रवद्र्धित २० वटा स्टल र नेपाल घरेलु तथा साना उद्योग महासंघ, प्रदेश नं १ द्वारा प्रवद्र्धित १० वटा स्टल समेत)

७. नाडा प्रदेश १ र मोरङ अटोमोबाइल एसोसिएसनद्वारा प्रवद्र्धित अटोमोबाइल परिसर

८. खाद्य परिसर

ड्ड १० वटा स्टलहरू

ख) एक्स्पोका मुख्य विशेषता एवम् आकर्षणहरू ः

१. कृषि तथा औद्योगिक प्रदर्शनी

अ. औद्योगिक उत्पादन, प्रविधि तथा सेवाको प्रदर्शनी

नेपालका प्रमुख तथा चर्चित औद्योगिक ब्रान्डहरू खुकुरी रम, म्याजिक फुटवेयर, सेन्चुरी स्पाइसेस एण्ड स्न्याक्स, डाबर, निम्बस, सिजी, लगायत ३०० भन्दा बढी औद्योगिक र कर्पोरेट क्षेत्रको सहभागिता रहेको ।

आ. कृषि सामाग्री, कृषि औजार, मेसिन उपकरण तथा कृषि लजिस्टिक प्रदायकहरूको प्रदर्शनी

भारतका कृषिजन्य मिल–मेसिनरी उत्पादन गर्ने कम्पनीहरू अञ्जली इन्टरप्राइजेज, प्रगति इन्जिनियर्स, राशि इन्जिनियर्स, भारद्वाज इन्टरप्राइजेज लगायतका कृषि तथा औद्योगिक मिल– मेसिनरी उत्पादन गर्ने कम्पनीहरूको सहभागिता हुने । त्यसैगरी नेपाल कृषि मेसिनरी व्यवसायी संघको समेत कृषि प्रविधि प्रदर्शन सहितको सहभागिता रहने ।

 कृषि तथा औद्योगिक लजिस्टिक तथा अन्य सेवा–प्रदायकहरू

कृषि तथा औद्योगिक क्षेत्रमा लजिस्टिक तथा अन्य व्यावसायिक विकासका सेवाहरू प्रदान गर्ने कम्पनीहरू नेपाल क्यान मुभ प्रा.लि., उपाय सिटी कार्गो प्रा.लि., मण्डला एग्रिफ्रेस, फ्लास फ्रेट लजिस्टिक प्रा.लि. लगायतका कम्पनीहरूको सहभागिता रहने ।

भारत, पाकिस्तान र बङ्गलादेशबाट सहभागिता

मिल–मेसिनरी तथा अन्य उत्पादनहरू सहित पाकिस्तानबाट छालाजन्य उत्पादनहरू, बङ्गलादेशबाट गार्मेन्ट्स तथा भारतबाट विशेष गरी हेल्थ र किचेनका आइटमहरूको सहभागिता रहने ।  

 प्रदेश नम्बर १ भरिबाट घरेलु, साना तथा महिला उद्यमशीलताको सहभागिता

तेह्रथुमको ढाका, सङ्खुवासभाको अल्लो, ताप्लेजुङको राडी–पाखी, इलामको ललीपप, चिया तथा जुम्लाका अर्गानिक उत्पादनहरू लगायतको सहभागिता रहने ।

२. स्टार्टअप पेभिलियन

केही गरौँ भन्ने व्यावसायिक र नयाँ आइडिया भएकालाई उद्यमशीलतामा रूपान्तरण गर्न कुखुराले अण्डाबाट चल्ला निकाल्न जसरी इन्क्युबेटरझैँ तापक्रम मेन्टेन गरेर कोरल्छ ठिक त्यस्तै गरी युवाहरूलाई व्यावसायिक वातावरण तयार गर्न व्यावसायिक विकासका सेवाप्रदायकहरूको इकोसिस्टमको प्रदर्शन गरी यस्तो इकोसिस्टमलाई दिगो रूपमा सुदृढ गर्ने लक्ष्यका साथ यो पेभिलियन रहने छ ।

यसका ३ वटा उद्देश्य छन् ः पहिलो उद्योग संगठन मोरङले आफ्नै अर्गानिक प्रयासमा गत वर्षदेखि सुरु गरेको स्टार्टअप एन्ड इनोभेसन कार्यक्रम र यसअन्तर्गत उदाउँदै गरेको बिडिएस् इकोसिस्टमको प्रदर्शन गर्ने ।

दोस्रो, यो इकोसिष्टमलाई दिगो र प्रभावकारी बनाउने सामूहिक प्रयासलाई अझ सशक्त बनाउने र नयाँ आइडिया भएका युवा– युवतीहरूलाई आफ्नो आइडिया परीक्षण गर्ने वातावरण तयार गर्ने रहेको छ ।

यस पेभिलियनमा संगठनको स्टार्टअप कार्यक्रमअन्तर्गत दोस्रो ब्याजका लागि छनौट गरिएका १७ वटा स्टार्टअप नवप्रवर्तक उद्यमीहरू, मेन्टर तथा बिजनेस कोचहरू, पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा प्रा.लि.को बिजनेस हेल्थ चेक अप क्याम्प, नेपाल चार्टर एकाउन्टेन्ट एसोसिएसन, जब डाइनामिक्स, विराटनगर महानगरपालिका र प्रदेश उद्योग श्रम तथा रोजगार मन्त्रालय, इन्जेल इन्भेस्टरका लागि रजिस्ट्रेसन डेस्क, आद्यान्त इन्भेस्टमेन्ट कम्पनी, नबिल बैंक लिमिटेड लगायतका सरोकारवाला तथा व्यावसायिक विकासका सेवा प्रदायकहरूको सहभागिता रहने छ ।

कर्भ आकारको आकर्षक डिजाइनमा तयार हुने यस पेभिलियनको मुख्य प्रवेशद्वारमा प्रश्नवाचक चिह्न राखिएको हुनेछ । व्यावसायिक आइडिया तथा सोच भएको तर के गर्ने, कसो गर्ने भन्ने सूचना ज्ञान नभएको जो कोही पनि एक उद्यमशील नागरिकका रूपमा विकसित होस् भन्ने हेतुले उसलाई प्रश्नवाचक द्वारबाट भित्र पसाएर बिचका सबै स्टलबाट व्यावसायिक सेवा र जानकारीहरू प्राप्त गर्ने वातावरण बनाइएको छ ।

यस कार्यमा स्विस कन्ट्याक्ट, सहज परियोजना र स्टेपअप परियोजनाको सहयोग तथा प्रदेश उद्योग श्रम रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा प्रा.लि., नेपाल चार्टर एकाउन्टेन्ट्स संस्था प्रदेश नं १, असमान नेपाल, नेपाल युवा उद्यमी मञ्च, नबिल बैंक लिमिटेड प्रा. लि.लगायतका संस्थाहरूको सहयोग छ ।

३. लगानी पेभिलियन

प्रदेश नं १ मा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि आवश्यक सहजीकरण गर्न उद्योग संगठन मोरङ, प्रदेश लगानी प्राधिकरण, एसिया फाउन्डेसन र कन्सोर्टियम ः भिरोक, नियर्स, सिइओ र सावतीको सहकार्यमा प्रदेश नं. १ का लगानीका क्षेत्रहरू, सम्भावित परियोजनाहरू, लगानीको मोडेल, तथा लगानी सहजीकरणका नीतिगत कार्य–व्यवस्थाहरूको विस्तृत जानकारी सहितको लगानी पेभिलियन विराट एक्स्पो २०२२ को अर्को मुख्य आकर्षण रहेको छ ।

यस पेभिलियनमा प्रदेश नं १ मा लगानीका लागि योग्य तथा प्रि– फिजिबिलिटी अध्ययन भइसकेका आकर्षक ५ वटा परियोजना डिस्प्लेमा राखिनेछन् र तत् तत् परियोजनासँग सम्बन्धित विज्ञ परामर्शदाताहरूबाट परामर्श सेवा प्रदान गरिनेछ । साथै, प्रदेश नं. १ मा सम्भावित आर्थिक क्लस्टरहरू, कुन क्लस्टरमा कुन वस्तु उत्पादन गर्न सम्भावना छ भन्ने बारेमा तथ्य र तथ्याङ्क सहितका फोटो, डकुमेन्ट लगायतका सामग्रीहरू राखिनेछन् ।

 ४. पर्यटन पेभिलियन

प्यागोडा शैलीमा आकर्षक डिजाइनसहित निर्माण गरिने पर्यटन पेभिलियनमा प्रदेश नं. १ का विभिन्न पर्यटकीय गन्तव्यहरूको जानकारी राखिनेछ । महत्वपूर्ण गन्तव्य पाथिभरा, कञ्चनजङ्घा, सगरमाथा बेस क्याम्प र गोक्यो लेक थ्रीडी भिआर प्रविधिबाट भर्चुअल टुर गर्न मिल्ने गरी व्यवस्था गरिएको छ । साथै होलोग्राम प्रविधिमार्फत् प्रमुख गन्तव्यहरूको अवलोकन गर्न मिल्ने गरी व्यवस्था गरिएको छ । यस पेभिलियनमा पर्यटन व्यवसायीहरूको संस्था होटल एसोसिएसन, टुर अपरेटर एसोसिएसन लगायतका संस्थाहरू माउन्टेन फ्लाइट, तथा अन्य गन्तव्यहरूको टुर प्याकेजहरू उपलब्ध गराउने कार्यक्रम छ । यस पेभिलियनमा प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालय र नेपाल पर्यटन बोर्डको समेत सहभागिता रहने छ ।

 ५. श्रम, रोजगार तथा सीप पेभिलियन

प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा सहजीकरणमा श्रम, रोजगार तथा सीप पेभिलियनको निर्माण गरिएको छ । रोजगारदाता, तालिम प्रदायकहरू, रोजगार सूचना केन्द्र तथा नीतिगत सहजिकरण गर्ने स्थानीय तथा प्रदेश सरकार समेतले एकै स्थानबाट उपलब्ध काम र दक्ष कामदारबारे हाल भइरहेका प्रयासहरूबारे जानकारी दिने र आगामी दिनमा गर्नुपर्ने नीतिगत परिमार्जनका लागि पृष्ठपोषण लिने गरी छुट्टै पेभिलियन तयार गरिएको छ । यस पेभिलियनमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा के–कस्ता जनशक्तिहरू काम गर्दछन, कुन सीप वा दक्षता बढी आवश्यकता छ, आगामी दिनमा के कस्ता सीपमा के–कति जनशक्ति आवश्यक पर्ला भन्ने सन्दर्भमा श्रमको माग पक्षमा संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरु मध्ये प्रतिनिधिमुलक ५ वटा कम्पनीहरूका सूचनामूलक स्टल रहनेछन् । त्यसपछि मनमोहन प्राविधिक विश्वविद्यालय, सुषमा कोइराला प्राविधिक स्कुल, सीटीईभीटीजस्ता तालिमप्रदायक संस्था अर्थात् आपूर्ति पक्ष रहने छन् । पेभिलियनमा उद्योग मन्त्रालयको रोजगार सूचना केन्द्र र विराटनगर महानगरपालिकाको रोजगार सूचना केन्द्रका स्टल रहनेछन् । साथै सामाजिक विकास मन्त्रालय, इन्स्योर परियोजना, एनभिक्युएस तथा क्वालिटी परियोजनाका स्टलहरू रहनेछन् । सदस्य उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ती उत्पादनका लागी यस क्षेत्रका सरोकारवाला निकायहरु सरकार, तालिम प्रदायक तथा उद्योग बिच समन्वय गर्न उद्योग संगठन मोरङमा रहेको सीप विकास कार्यक्रम को स्टल रहने छ । यस पेभिलियनमा करिअर काउन्सेलिङ, उद्योगका माग अनुसार युवाहरुको बायो डाटा संकलन, अन्तरवार्ता र रोजगारी प्राप्त गर्ने गरि जव फेयर समेत गरिने छ ।

६. स्थानीय परिकारहरूको प्रस्तुति

समग्र स्थानीय अर्थतन्त्रको विकासका लागि स्थानीय खाना तथा खानाका परिकारहरूको व्यावसायिक रूपान्तरण हुन आवश्यक छ । स्थानीय खानाका परिकारहरूको व्यावसायिक रूपान्तरणले समग्र खाद्य उत्पादन र प्रशोधनको मूल्यशृङ्खलालाई चलायमान बनाई प्रभावकारी मागलाई बढोत्तरी गर्दछ भन्ने मान्यताका साथ स्थानीय खानाहरू, घुँगी, भक्का, सेल रोटी, केरा तथा च्याउका स्वादिष्ठ परिकारहरू, नेवारी, थकाली खाना–खाजा आदिको प्रवर्धनका लागि एक्स्पो परिसरमा प्राथमिकताका साथ स्थान दिइएको छ ।  

७. परम्परागत सीपको लाइभ प्रस्तुति

परम्परागत सीप तथा प्रविधिको जगेर्ना गर्दै लैजानु पर्दछ भन्ने मान्यताका साथ यस अन्तर्राष्ट्रिय एक्स्पोमा माटाका भाँडाकुँडा बनाउने, सुकुल र गुन्द्री बनाउने, बाँसका चोयाबाट ढकी, डालो, नालो बनाउने, गहुँको छ्वालीबाट बन्ने छ्वाली आर्ट, ढाका तान लगायतका सीपहरूको लाइभ प्रस्तुति गर्ने गरी तयारी गरिएको छ ।

८. सेन्ट्रल डिजिटल डिस्प्ले

सुनसरी–मोरङ औद्योगिक करिडोरमा भएका सबै प्रकारका औद्योगिक उत्पादनहरू, कृषि तथा पर्यटन लगायतका क्षेत्रहरूको अवस्था, ऐतिहासिकता एवम् सम्भावना उजागर गर्ने भिडियो सामग्रीहरू, सूचनामूलक तथा कमर्सियल विज्ञापनहरू प्रसारण गर्न एक्स्पो परिसरमा छुट्टै डिजिटल डिस्प्ले बोर्डको व्यवस्था गरिएको छ । सशुल्क तथा निःशुल्क रूपमा प्रचारका सामग्रीहरू प्रसारण गर्न मिल्ने यस बोर्डमा मुख्य स्टेजका महत्त्वपूर्ण कार्यक्रमहरू हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ ।

९. थिमेटिक सेसन तथा सेमिनार

कृषि, पर्यटन र उद्योगलाई केन्द्रमा राखेर यस्को यान्त्रिकीकरण, व्यवसायीकरण तथा औद्योगिकीकरणमा सहजीकरण गर्ने उद्देश्यले दैनिक विविध विषयहरूमा प्राविधिक थिमेटिक सत्रहरू सञ्चालन गरिँदैछ ।

प्रदेश नं १ मा लगानीका अवसर तथा नीतिगत वातावरण, लगानीमैत्री नीतिगत व्यवस्था, कृषि, पर्यटन, उद्योग, पूर्वाधार, मानवस्रोत, ऊर्जा लगायतका मुद्दाहरूमा विज्ञहरूको सहभागितामा नीतिगत बहस र छलफल हुँदैछ । साथै व्यवसायका अग्र तथा पृष्ठ पक्षका मूल्यशृङ्खलाहरूको विकासमा टेवा पुग्ने  गरी एकेडेमिक क्षेत्रका अध्ययन–अनुसन्धानका निष्कर्षहरू, कृषि तथा स्टार्टअप र यसका लजिस्टिक सेवाको अवस्थाहरू समेत थिमेटिक सत्रमा समावेश गरिएको छ ।  

एक्स्पो परिसर मै १०० सहभागी क्षमताको सेमिनार कक्ष निर्माण गरी सबै थिमेटिक सत्रहरू सञ्चालन गरिने कार्यक्रम छ । सबै थिमेटिक सेसनको कार्यतालिका यसैसाथ सार्वजनिक गरेका छौँ ।  सत्रहरूमा सहभागिता खुला रहने छ । आफ्नो विषयसँग सम्बन्धित सत्रहरूमा उद्योगी, व्यवसायी, कृषक, श्रमिक, राजनीतिकर्मी, कर्मचारी, प्राध्यापक, विद्यार्थी, शिक्षक, पत्रकार, युवा, स्टार्टअप वा अन्य जो कोही पनि कार्यक्रममा सहभागी हुन सकिने छ ।

त्जझबतष्अ क्भककष्यल एबिल ९तभलतबतष्खभ०

दिन

समय

कार्यक्रम

बिहिवार

२९ मङसिर, २०७९

विराट एक्स्पो २०७९ को समुद्घाटन सत्र

शुक्रवार

१ पुस, २०७९

थिमेटिक क्षेत्र - नीतिगत वातावारण

 प्रदेश एकमा लगानी प्रवर्धन गर्ने नीतिगत वातावरण

प्रदेश एकको आर्थिक विकास र लगानी अवसरका क्षेत्रहरू  

शनिवार

२ पुस, २०७९

थिमेटिक क्षेत्र  पूर्वाधार तथा क्षेत्रीय सञ्जाल

सत्र ३ आर्थिक वृद्धिका लागि पूर्वाधार

सत्र ४  प्रदेश नं १ को क्षेत्रीय सञ्जाल–सम्बन्ध र व्यापारिक अवसर

आइतवार

३ पुस, २०७९

थिमेटिक क्षेत्र  पर्यटन

सत्र ५  प्रदेशको पर्यटन क्षेत्रमा लगानी सम्भावनाका बहुआयामिक पक्षहरू

 पर्यटन–प्रवर्धन ः के गर्ने–के नगर्ने ?

 पर्यटन र मिडिया

 विशेष शत्र ८  बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्र ः युवा नेतृत्वको भूमिका

सोमवार

४ पुस, २०७९

थिमेटिक क्षेत्र  अनुसन्धान र प्रविधि

 शून्य लगानी खेती–प्रणाली

१०  खाद्य प्रशोधन ः परम्परागत प्रविधि नयाँ अवसर

११ ः प्रशोधित खाद्यको गुणस्तर  

१२ ः मासु प्रशोधनको प्रविधि र उद्योग

१३ ः वैज्ञानिक अन्न भण्डारण गर्न वेयरहाउस प्रविधि

मङ्गलवार

५ पुस, २०७९

थिमेटिक क्षेत्र नवप्रवर्तन (स्टार्टअप)

१४ ः प्रदेश १ मा नवप्रवर्तन (स्टार्टअप) तथा कृषि व्यवसायका अवसर र अवरोधहरू

१५ ः उदीयमान नवप्रवर्तन (स्टार्टअप) इकोसिस्टम र इन्कुबेटरहरू ः आगामी मार्गचित्र

 १६ ः प्रदेश १ मा कृषि व्यवसाय लजिस्टिक सेवाहरू ः अनुभव र अबको बाटो

बुधवार

१ पुस, २०७९

थिमेटिक क्षेत्र  नीतिगत सबलीकरण

१७  जनसक्ति विकासको विद्यमान परिवेश र लेखाजोजा

१८ नेपालको ऊर्जा नीतिका असमञ्जसता ः औद्योगिकीकरणलाई टेवा कि कच्चा पदार्थको निर्यात ?

१९  प्रदेश एकमा पर्यटनको उज्यालो सम्भावना  

 १०. थिमेटिक फेसन सो

प्रयोग गरिसकेर फालिएका प्लास्टिक तथा प्लास्टिकजन्य प्याकेजिङ सामाग्रीहरूको पुनः प्रयोग तथा सदुपयोग गर्न विभिन्न वस्तुहरू बनाउन सकिन्छ र प्लास्टिकलाई सही ढङ्गले उपयोग गर्नुपर्दछ भन्ने सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्लास्टिकजन्य प्याकेजिङ सामग्रीको उत्पादन गर्ने उद्योगहरूको संस्था प्लास्ट फाउन्डेसन नेपालसँगको सहकार्यमा च्भमगअभ, च्भगकभ बलम च्भअथअभि थिममा फेसन सो को आयोजना गरिँदैछ । यस फेसन सोमा सेलिब्रेटी मोडलहरूले प्लास्टिकजन्य सामग्रीहरूबाट फेब्रिकेट गरिएका कपडाहरू लगाएर सचेतना अभिवृद्धि गर्दै मनोरञ्जन प्रदान गर्नेछन् ।

 ११. विराट एक्स्पो सिङ्गिङ आइडल प्रतियोगिताको आयोजना

प्रदेश नं. १ का लुकेका प्रतिभाहरूलाई प्रस्फुटित गराउन उपयुक्त प्लेटफर्म उपलब्ध गराउने प्रयासस्वरूप गायन क्षेत्रमा रहेका प्रतिभाहरूको खोजी गर्ने र त्यस्ता प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यका साथ सङ्गठनले विराट एक्स्पोको अवसर पारेर विराट एक्स्पो सिङ्गिङ आइडल प्रतियोगिताको आयोजना गर्दैछ । यसका लागि मङसिर २२ गतेसम्म आवेदन माग गरिएको छ । साथै त्यही दिनदेखि अडिसन लिइने कार्यक्रम छ । कार्यक्रमको ग्रान्ड फिनाले एक्स्पो समापनका दिन मुख्य स्टेजमा गरिने कार्यक्रम छ । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । यो आइडल प्रतियोगिताको प्रमुख जज गायिका इन्दिरा जोशी हुनुहुन्छ ।

१२. सांस्कृतिक कार्यक्रम

एक्स्पो अवधिभरि प्रत्येक दिन साँझ ४ बजेपछि ख्यातिप्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । स्थानीय कलाकार तथा ब्यान्डलाई प्राथमिकता दिई निम्न बमोजिमका राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने तय भएको छ ।

२९ मङसिर ः स्वपना सुमन ब्यान्ड

१ पुस   ​ः गायक दीपक बज्राचार्य

२ पुस    ​ः गायक सुगम पोखरेल

३ पुस   ​ः मिस्टर डी ¥यापर

४ पुस   ​ः गायिका अस्मिता अधिकारी

५ पुस  ​​ः ची मुसी ची (¥यापर तथा मुभी प्रिमियर)

६ पुस   ​​ः ¥यापर डङ र गायिका इन्दिरा जोशी

 १३. रोबट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग

विराट एक्स्पो २०७९ मा रोबटसँग भेटघाट गर्न सकिने व्यवस्थापन गरिएको छ ।

त्यसैगरि, थ्रीडी भीआर प्रविधिका माध्यमबाट सगरमाथा बेस क्याम्प, कञ्चनजङ्घा बेस क्याम्प, गोक्यो लेक दृश्यावलोकन तथा धार्मिक टुर गर्न सकिने छ । साथै होलोग्राम प्रविधिका माध्यमबाट समेत भर्चुअल रियालीटीबाट वराहक्षेत्र, तीनजुरे मिल्के तथा पाथिभराका दृश्यहरू अवलोकन गर्न सकिने गरि व्यवस्था मिलाइएको छ ।

१४.माउन्टेन फ्लाइट  

एक्स्पो अवधिभर माउन्टेन फ्लाइटको व्यवस्था गरिएको छ ।

१५. पेपरलेस, क्यासलेस तथा भर्चुअल एक्स्पो

एक्स्पोमा सहभागी प्रदर्शनकर्ताहरूलाई आफ्नो भिजिटिङ कार्ड स्क्यान गर्न हरेक स्टलमा आफ्नो क्युआर कोड राख्ने, स्टलमा सामान खरिद गर्दा गर्नुपर्ने भुक्तानीका लागि हरेक स्टलमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी विराट एक्स्पो २०७९ लाई संसारभरबाट हेर्न मिल्ने र कुनै पनि स्टलबाट सामान खरिद गर्न सक्नेगरी भर्चुअल एक्स्पो ईकमर्सको प्रयोग गर्ने प्रयास गरिएको छ । ईकमर्स क्षेत्रमा काम गर्ने नेपाली स्टार्टअप कम्पनी ठुलोडटकमको सहकार्यमा हुने यस कार्यका लागि प्रदर्शनकर्ताले थप शुल्क तिर्न नपर्ने व्यवस्था मिलाइएको    छ ।

१६. लेखा व्यवस्थापन ̷ मानव स्रोत व्यवस्थापन ̷ अपरेसन व्यवस्थापन

प्रदर्शनीमा सहभागी सबै प्रदर्शनकर्ताहरूको उद्योग, प्रतिष्ठान वा व्यवसायलाई आवश्यक पर्ने लेखा व्यवस्थापन, मानव स्रोत व्यवस्थापन तथा अपरेसन व्यवस्थापनसँग सम्बन्धित सफ्टवेयर निःशुल्क इन्स्टल गर्ने प्रविधि सञ्चालन गर्न प्राविधिक सहायता समेत गरिँदैछ ।

१७. निःशुल्क सटल बस सेवा

विराटनगर महानगरपालिका १४ स्थित पुरानो हवाई फिल्ड, डिग्री क्याम्पसको प्राङ्गणमा आयोजना गरिने एक्स्पोमा अवलोकनकर्ताहरूलाई आवत–जावतमा सहजता प्रदान गर्ने उद्देश्यले सातै दिन दैनिक ७ वटा सटल बस सेवा उपलब्ध रहने छ ।

१८. आतिथ्य एवम् आवास व्यवस्थापन

विराट एक्स्पो २०७९ मा सहभागी हुन देशविदेशबाट आउने अतिथि पाहुनाहरू : प्रदर्शनकर्ता, डेलिगेट्स, आमन्त्रित अतिथि, अवलोकनका लागि आउने सबै पाहुनाहरूलाई प्रदेश नं. १ को राजधानी विराटनगरमा न्यानो आतिथ्य प्रदान गर्दै आवासको व्यवस्थापनका लागि हस्पिटालिटी पार्टनरका रूपमा होटल एसोसिएसन नेपाल, प्रदेश १ सँग सहकार्य  गरिएको छ । सबै प्रकारका सानाठुला होटलहरूमा डिस्काउन्ट सहितको विराट एक्स्पो २०७९ को छुट्टै मेन्यु रहने गरी व्यवस्थापन गरिएको छ ।  

 विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) को मुख्य प्रायोजकमा खुकुरी रम रहेको छ भने गोल्ड प्रँयोजक मेजिक फुटवेयर, सेन्चुरी स्पाईसेस एण्ड स्न्याक्स रहेको छ । सिल्भर प्रायोजकमा वागमति प्लाष्टिक, पूर्वाञ्चल ल्यूव आयल, बजाज, ग्रिन टायर्स, नेपाल वेयरहाउजिङ क.लि. (निम्वस), हुलास इन्फ्रा प्रा.लि रहेको छ । त्यसैगरी वैंकिङ पाटर्नरमा नविल वैंक लि. र ईन्स्यूरेन्स पाटर्नरमा एन.एल.जी इन्स्यूरेन्स रहेको छ ।

 प्रदर्शनीको प्रवद्र्धकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश नं. १ को उद्योग, श्रम तथा रोजगार मन्त्रालय, कृषि मन्त्रालय, पर्यटन तथा सांस्कृति मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश लगानी प्राधिकरण, विराटनगर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. १, स्वीस कन्टयाक्ट, सहज नेपाल, इन्स्योर परियोजना, द एशिया फाउण्डेशन, ल्क्ष्च्ग्क्, ऋयmmगलष्तथ भ्लनबनझभलत ७ इगतचभबअज, सावती, ख्च्इऋप् रहको छ ।

 सहयोगी संस्थामा मोरङ व्यापार संघ, विराट व्यापार संघ रहेको छ भने एक्स्पोको सर्पोटेडका रुपमा डिग्री क्याम्पस, विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल अटोमोवाईल डिलर एशोसिएसन (नाडा), मोरङ अटोमोवाईल डिलर एशोसिएसन (माडा), प्लाष्ट फाउण्डेशन नेपाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ, प्रदेश नं. १, नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टर रहेको छ ।

प्रदर्शनीको ऋयलतचष्दगतयच मा उद्योग संगठन मोरङको कार्यसमितिका ,एम एम गु्रप, पशुपति टि.एम.टी वार, अरिहन्त एग्रिकल्चर, आर.के.जी ग्रुप, वागमति आयल ईण्ड, कावरा ग्रुप, फुजिमा आयल कम्पनी, हुलास खाद्यान्न, नेशनल मोटर्स , जल पाईप एण्ड फिटिङ, प्रिमीयर वायर्स, चन्द्रशिव राईस एण्ड आयल मिल, एस.जि. ग्रुप रहेका छन ।

 स्र्टाटअप पाटर्नर अन्तरप्रेरणा, रिसर्च पाटर्नर फयाक्ट नेपाल, टेलिकम पाटर्नर नेपाल टेलिकम, ईकमर्श  पाटर्नर ठूलो डटकम, सर्भिलियन्स पाटर्नर यू. एन.भि, हस्पिटेलिटि पाटर्नर होटल एशोसिएसन नेपाल, ईभेन्ट म्यानेजमेन्ट ईन्ट्रोडक्शन ट्रेड शो नेपाल प्रा.लि, ब्राण्डिङ पाटर्नर ब्राण्ड लजिक रहको छ ।

प्रदेश नं. १ को मात्र नभई समग्र मुलुककै गौरव र प्रतिष्ठाका रूपमा हेरिएको यस विराट एक्स्पो २०७९ को अवलोकनका लागि सम्पूर्ण देशवासी, विशेष गरी प्रदेश नं. १ वासी दाजुभाइ, दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, कृषक, उद्यमी, लगानीकर्ता, सेवाप्रदायक, प्राध्यापक, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, राजनीतिकर्मी, धार्मिक व्यक्तित्व, युवा, बेरोजगार, नवप्रवर्तक सबैमा हार्दिक अपिल गर्दछौँ ।

अन्त्यमा, यहाँको लोकप्रिय सञ्चारमाध्यमबाट एक्स्पोका बहुआयामिक पक्ष तथा सूचनाहरू सम्पे्रषण तथा प्रचार–प्रसार गरी सदाझैँ एक्स्पोलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याइदिनुहुन सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा हार्दिक अनुरोध गर्दछौँ ।

भोलेश्वर दुलाल

संयोजक

विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी व्यवस्थापन मूल समिति

उद्योग संगठन मोरङ

 

सुयश प्याकुरेल

अध्यक्ष

उद्योग संगठन मोरङ

२०७९ मंसिर १८ गते, आइतबार

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.