Websoft University

फुटवल प्रतियोगिताको आजको खेल सलहेश युवा क्लव सिरहाले जितको छ


दमक पुस १० गते | रातो तारा डट कम,झापाको दमक ३ स्थित वेलडाँगी शिविरमा भइरहेको फुटवल प्रतियोगिताको आजको खेल सलहेश युवा क्लव सिरहाले जितको छ ।

प्रथम अन्तराष्ट्रिय आमन्त्रण जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको सो खेलमा क्यामरुनको एभनिर फुटवल क्लवलाई १–० गोल अन्तरले सलहेश युवा क्लवले पराजित गरेको हो ।

दमक ३ स्थित वेलडाँगीको भुटानी शरणर्थी शिविरको खेल मैदानमा भएको प्रतियोगिताको खेलमा सहलेश क्लवका खेलाडी अजय मारटिनले गरेको गोल नै निर्णयक गोल भयो ।

खेलको ४८ औं मिनेटमा खेलाडी अजयले गोल गरेका थिए । 

 खेलको म्यानअफ दी म्याच सहलेशकै गोल किपर पुजन होना घोषित भए । उहाँलाई नगद ५ हजार मेडल सहित हंसेदुम्से सामुदायिक बन उपभोक्ता समिति दमक ३ का कोषध्यक्ष पवन अधिकारीले प्रदान गर्नु भएको थियो ।

प्रतियोगिता अन्तर्गत भोलीको खेल शान्तिनगर फुटवल क्लव र आयोजक वि वाइ एफ सी अमेरिका बीच हुने आयोजकको खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि  विजेताले ५ लाख नगद ,उपविजेताले ३ लाख पाउने ,प्रथम, दोस्रो हुने टिमलाई कप मेडल र ट्रफी प्रदान गरिने छ । 

प्रतियोगितामा विभिन्न ८ टिम सहभागी हुने खेलको फाइनल पुस १३ गते हुने जय हुमगाई फाउण्डेशनले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.