Websoft University

नेशनल प्याब्सन मोरङको आयोजनामा प्रतियोगितात्मक प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

 


शिव भट्टराई-राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मोरङको आयोजनामा प्रतियोगितात्मक प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ।शनिबार नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा र नेशनल प्याब्सन मोरङ्गका अध्यक्ष सुनिल अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

मोरंगको बिराटचोक स्थित जेसीज भवन परिसरमा भएको कार्यक्रममा राष्ट्रिय तथा लोक नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता, हस्तलेखन प्रतियोगिता, विज्ञान प्रदर्शन प्रतियोगिता, माटोकाला प्रतियोगिता गरिएको थियो।  


नृत्य प्रतियोगिता अन्तर्गत सिनियर लोक नृत्यमा गुरुकुल पाठशाला बेलबारी ३ पहिलो, डेल्टा इङ्लिस स्कूल बेलबारी ४ दोश्रो, बेथेल एकेडेमी उर्लाबारी ७ तेस्रो र सगरमाथा हिमाल दर्शन सुन्दरहरैंचा ३ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।यस्तै जूनियर नृत्य प्रतियोगिता अन्तर्गत रेशनल एकेडेमी सुन्दरहरैंचा पहिलो, मोरङ ज्ञानोदय बेलबारी ११ दोश्रो,  सुन्दरबाटिका एकेडेमी सुन्दरहरैंचा ७ तेस्रो र  हिमालय इङ्लिस स्कूल सुन्दरहरैंचा १० ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।


त्यसैगरी चित्रकला प्रतियोगिता अन्तर्गत  गुरुकुल पाठशाला बेलबारी ३ ले प्रथम, हिमालय इङ्लिस स्कूलले दोश्रो, सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचा ७ ले तेस्रो , सगरमाथा हिमाल दर्शन स्कूल सुन्दरहरैंचा ३ र ग्रिन पिस एकेडेमी विराटनगरले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।


विज्ञान परियोजना कार्यक्रम गुरुकुल पाठशाला बेलबारी ३ प्रथम, माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी कानेपोखरी ६ ले दोश्रो, डेल्टा इङ्लिस स्कूल बेलबारी ४ तेस्रो र अरियन्ट इङ्लिस स्कूल विराटनगर ४ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

माटो कार्य प्रतियोगिता अन्तर्गत माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी प्रथम, निर्मल सिद्धार्थ इङ्लिस स्कूल दोस्रो, अरियन्ट इङ्लिस स्कूल विराटनगर ४ तेस्रो र मोरङ ज्ञानोदय इङ्लिस स्कूल बेलबारी ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

यस्तै अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता अन्तर्गत माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी कानेपोखरी ६ प्रथम ,पिनाकाल ज्ञान मन्दिर कानेपोखरी ४ दोस्रो , निर्मल सिद्धार्थ इङ्लिस स्कूल मिक्लाजुङ ९ तेस्रो र सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचा ७ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।नेपाली हस्तकला प्रतियोगिता अन्तर्गत माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी कानेपोखरी ६ प्रथम, पिनाकल ज्ञान मन्दिर कानेपोखरी ४ दोस्रो, कृतिपुर एकेडेमी पथरी शनिश्चरे तेश्रो र गुरुकुल पाठशाला बेलबारी ३ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

त्यसैगरी वक्तृत्वकला प्रतियोगिता अन्तर्गत मोरङ ज्ञानोदय बेलबारी ११ प्रथम, माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी कानेपोखरी ६ दोस्रो, हिमाल दर्शन सुन्दरहरैंचा ३ तेस्रो र डेल्टा इङ्लिस स्कूलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरू, अभिभावकहरू साथै  विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने २८ वटा स्कूलको विभिन्न विधामा सहभागिता रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.