Websoft University

लाटिझोडा साझेदारी वन उपभोक्ता समुहले गर्यो सपथ ग्रहण तथा धन्यवाद ज्ञापन कार्यक्रम


मोरङ | रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा वार्ड नं ६ स्थित लाटिझोडा साझेदारी वन उपभोक्ता समुहले  सपथ ग्रहण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ।भर्खरै केही दिन अगाडी गठन भएको लाटिझोडा साझेदारी वन उपभोक्ता समुहबाट चयन भएको व्यवस्थापन समितिको सोमबार सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ। प्रदेश वन निर्देशनालय प्रदेश नं १ का वन निर्देशक रविन्द्र महर्जनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद पोख्रेलको अध्यक्ष्यता रहेको थियो।

उक्त कार्यक्रममा विगत केही वर्ष अघि देखि क्रियाशील रहेको लाटिझोडा साझेदारी वन व्यवस्थापन समूह रहेको समूहलाई नयाँ नियमावली बाट अहिले लाटीझोडा साझेदारी उपभोक्ता समुह भनेर किटान गरिएको र त्यही अनुरुप विभिन्न समूहका सदस्यहरूबाट नयाँ चयन भएर आएका व्यवस्थापन समितिका अध्यक्ष यसोन (मिलन) श्रेष्ठ, उपाध्यक्ष (टुना कुमारी विक), कोषाध्यक्ष लगायत सम्पुर्ण नव निर्वाचित सदस्यलाई  सपथ ग्रहण गराउँदै प्रमाण पत्र प्रदान गरिएको थियो।


कार्यक्रममा बोल्दै उपस्थित अतिथिहरुले सपथ ग्रहण गर्ने उपभोक्ता समितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सोही अवसरमा नव निर्वाचित अध्यक्ष यसोन (मिलन) श्रेष्ठले आफ्नो काँधमा जिम्मेवारी थपिएको बताउँदै वनको सुरक्षा गर्ने, वन्यजन्तु, श्रोत साधनको  संरक्षण गर्न र आफ्नो टिम सहित अघि बढ्ने बताएका छन्।

कार्यक्रममा विशिष्ठ अतिथि डिभिजनल वन अधिकृत अनिरुद्र कुमार शाहको उपस्थिति रहेको थियो।त्यसैगरी कार्यक्रममा सुन्दरहरैंचा वार्ड नं ५ का वडा अध्यक्ष गणेश चौधरी साथै विभिन्न सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.