Websoft University

पाच वटा घर जल्दा झण्डै ५ करोड रुपैया वरावरको क्षती


 गाईघाट ५ पौष -खोटाङमा आगलागी वाट स्थानियको पाच वटा घर जल्दा झण्डै ५ करोड रुपैया वरावरको क्षती भएको प्रहरी ले जनाएको    छ । केपिलासगढी गााउपालिका ४ वाक्सीला वजारका दिपक गुरुङको घरमा सोमवार साझ आगलागी हुदा अन्य ५ वटा  घर टहरा र केही पसल जलेर नष्ट भएको खोटाङ प्रहरी प्रमुख डिएसपि मञ्जिल मुकारुङले टेलिफोन मार्फत   वताए ।  

उनले स्थानिय दिपक गुरुङ ,रमेश परियार ,सुभराज राई र डिल्ली कुमार श्रेष्ठ घर  पुर्ण रुपमा जलेको वताए । केपिलासगढी गाउपालीका का अध्यक्ष समिर राई को लत्ता कपडा , स्टेसनरी र किराना पसल समेत आगलागी वाट जलेर नष्ट भएको छ ।

 प्रहरी ले अध्यक्ष राई को   झण्डै १ करोड २५ लाख रुपैया वरावरको धनमाल क्षती भएको उल्लेख गरेको छ । आगलागी सुरु भएको घर संगै  टासीएको केही पसलहरु समेत जलेका छन् । व्यापारीहरुले केही पनि सर–सामानहरु निकाल्न नपाएको प्रहरी ले जनाएको छ । 

आगो विधुत सर्ट भएर लागेको अनुमान गरीएको भएपनि कारण अझै खुल्न सकेको छैन । प्रहरी ,सेना र स्थानिय वासिन्दाको सयुक्त प्रयासमा झण्डै ४ घण्टा पछि आगो निभाईएको थियो । खोटाङका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाड सेढाइले पिडित परिवारहरु लाई अहिले उनीहरुको आफन्त को घरमा राखीएको वताए । उनीहरु लाई राहत तथा पुर्नस्थापना गर्नको लागी रेडक्रस सोसाइटी संग समन्वय गर्ने तयारी भैरहेको वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.