Websoft University

दमकल लगाएर पखाल्दा एयरपोर्ट रोड चिटिक्क-एयरपोर्ट रोडलाई नमुना सडक बनाउन विशेष सरसफाई


विराटनगर  पुस ५ गते | रातो तारा डट कम,विराटनगर–४ स्थित एयरपोर्ट रोडलाई नमुना सडक बनाउने उद्देश्यका साथ सरसफाई गरिएको छ ।


फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाई गरिएको महानगरले जनाएको छ । सरसफाईसँगै सडक छेउछाउ बनाइएका अवैध संरचनासमेत हटाइएको वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले जानकारी दिए । उनले महानगरका मेयर नागेश कोइरालाको नेतृत्वमा १९ वटै वडामा सरसफाई जारी रहेको र सोही अभियानअन्तर्गत एयरपोर्ट रोड सफा गरेको बताए ।

“यो रोड सफा राख्दा विमानबाट आउने आगन्तुकमा विराटनगरप्रति सकारात्मक प्रभाव पर्छ,” उनले भने, “मेयर साबको नेतृत्वमा १९ वटै वडामा सरसफाई अभियान जारी छ । सो अभियानअन्तर्गत आज यो रोड सफा गरेका हौं ।” सडकमा रहेका फोहोर र धुलो सफा गर्नुका साथै दमकल प्रयोग गरेर सडकलाई पखालिएको थियो । सरफाई अभियानमा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । धरानरोडदेखि एयरपोर्ट गेटसम्म सफाई गरिएको थियो ।

महानगरले सडक सफा गरेपछि स्थानीयसमेत हर्षित भएका थिए । रोडको सौन्दर्यकरण अभियानअन्तर्गत बत्ती लगाउने, टायल विछ्याउनेलगायतका काम भइरहेको छ । महानगरले विराटनगरलाई उत्तरी, मध्ये र दक्षिण गरी तीन क्षेत्रमा बाँडेर सरसफाई अभियान जारी राखेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.