Websoft University

अन्तराष्ट्रिय आमन्त्रण प्रथम जय हुमागाई स्मृति गोल्डकप फुटवल टुर्नामेन्ट प्रतियोगिताको सबै तयारी पुरा


दमक ,पुस ४ गते | रातो तारा डट कम,झापाको दमक स्थित वेलडाँगीमा हुने अन्तराष्ट्रिय आमन्त्रण प्रथम जय हुमागाई स्मृति गोल्डकप फुटवल टुर्नामेन्ट प्रतियोगिताको सबै तयारी पुरा भएको जय हुमागाई  फाउण्डेसनका अध्यक्ष शिव हुमागाईले बताउनु भएको छ ।

 पत्रकार मञ्च दमकको सभाहलमा फाउण्डेसनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दमक३ स्थित बेलडाँगी खेल मैदानमा पुस ६ गतेवाट शुरु हुने फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष हुमगाईले जानकारी दिनु भएको हो । 


प्रतियोगिताको आयोजनाका लागि खेल मैदानमा प्याराफिट ,स्वागत द्धवार, स्टेज निर्माण र पत्रचार लगायतका सबै काम सकिएको उहाँको भनाइ रहेको छ । 

प्रतियोगितामा अमेरिकाको बिवाइएससी मिन्नेसोटा ,क्यामरुनको एभनिरु एफ सी ,भारतको दार्जेलिङ्गको युके एफ सी, झापा ,मोरङ्गका टिम लगायतका ८ टिम सहभागी  हुने खेलको फाइनल पुस १३ गते हुने खेलको उपाधि  विजेताले ५ लाख नगद ,उपविजेताले ३ लाख पाउने ,प्रथम, दोस्रो हुने टिमलाई कप मेडल र ट्रफी प्रदान गर्ने खेल संयोजक  टिकाराम कालिकोटेले जानकारी दिनु भयो । 

दमकको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरवाट तेस्रो देश पुर्नवासको क्रममा अमेरिका बस्दै आउनु भएको हुमागाई परिवारले स्वर्गीय वुवा जय सफल फुटवल खेलाडी भएको हुदा उहाँको स्मृतिमा पहिलो पटक प्रतियोगिता गर्न लागेको शिवले बताउनु भयो । ३४ लाख बढी लगातमा प्रतियोगिता सम्पन्न गरिने जय हुमागाई फाउण्डेसनले जनाएको छ । उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता र गोल किपरले नगद २५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.