Websoft University

डाउन सिन्ड्रोम बालबालिकालाई निशुल्क स्वास्थ्य शिविर


मुना न्यौपाने - काठमाडौँ, मङ्सिर २५  गते। रातो तारा डट कम,डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मङ्सिर २४ गते शनिवार डाउन सिन्ड्रोम हेल्थ सर्पोट एसोसिएसन नेपालले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नयाँबानेश्वरस्थित कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो । 


डाउन सिन्ड्रोम भएका बालबालिकामा विशेषतः आँखा, कान, नाक, घाँटी, बोली  एव शारीरिक रुपमा समस्याहरू हुने भएकाले सम्बन्धित क्षेत्रका ६ जना विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच गराइएको संस्थाकी अध्यक्ष डा। ललिता जोशीले जानकारी दिनुभयो ।

काठमाडौं र बाहिरका जिल्लाका ३६ जना बालबालिकाहरूले आँखा, श्रवण परीक्षणसहित ईएनटी, डेन्टल, फिजियो, पेशागत र स्पीच थेरापीको मूल्याङ्कन र सुधारका लागि सुझावहरू लिएका थिए । नयाँ आमाबाबुलाई एउटै छानामुनि परामर्श, रेडियोलोजिष्ट डाक्टर, अटिजम भएका डिएसका अभिभावकले आफ्ना अनुभवहरू सुनाएका थिए ।

संस्था स्थापना भएपछि पहिलोपटक काठमाडौँमा निशुल्क शिविर आयोजना गरिएको भएपनि आगामी दिनमा उपत्यका बाहिर समेत यस्ता शिविरहरू आयोजना गर्दै लैजाने सोच रहेको संस्थाकी अध्यक्ष डा। जोशीले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.