Websoft University

भन्सार कर्मचारीहरूलाई अभद्र ब्यवहार गर्ने चालक तथा सवारी साधन नियन्त्रणमा


बिराटनगर मसिर २६ गते | रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं,१५ स्थित विराटनगर भन्सार कार्यालयको ३ नम्बर गेटमा भारतबाट अवैध भन्सार छलिका सामान नेपालतर्फ पैठारी गरेको सूचनाको आधारमा विराटनगर मूल भन्सार कार्यालयबाट खटिएका कर्मचारीहरू र अवैध भन्सार छलिका सामान पैठारी गर्ने ब्यक्तिहरूवीच अवैध सामान नियन्त्रणमा लिने क्रममा हुलहुज्जत गरी सामान र सवारी साधन भगाउन सफल भएकोमा अनुसन्धान पश्चात उक्त घटनामा प्रयोग भएको को १ च २२३५ को सवारी साधन ९अन्दाजी ४ लाख बराबरको० र चालक जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं,१७ बस्ने बर्ष २९ को मोहमद सदाम मियालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको । उक्त अवैध सामान भारत दशगजा क्षेत्र भित्र लुकाई छिपाई राखेको अन्दाजी रू १ लाख ५० हजार बराबरको सामान प्रहरीको समन्वयमा सशस्त्र सिमा सुरक्षा बल ९भारत० बाट बरामद गरी नियन्त्रणमा लिएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.