Websoft University

गायिका समीक्षा अधिकारीमाथि ढुङ्गा प्रहार


काठमाडौं  कातिक २३ गते | चर्चित गायिका समीक्षा अधिकारीमाथि ढुङ्गा प्र हार भएको छ। समिक्षा एक साङ्गीतिक कार्यक्रममा गएको मौका छोपेर उनी माथि ढुङ्गा प्र हार भएको हो।

समिक्षालाई संखुवासभा खाँदबारी पाङ्ठामा आयोजित साङ्गीतिक कार्यक्रममा ढुङ्गा प्रहार भएको खुलेको छ ।

समिक्षाले गाइरहँदाँ उनीमाथि ढुङ्गा प्र हार भए लगत्तै कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो । आँफुमाथि ढुंगा हा निएसँगै समिक्षाले स्टेजबाटै यसो नगरिदिनुस् तपाईंको

घरमा पनि दिदी बहिनी होला, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरेकी थिइन।

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षा गतवर्षबाट एक नायकसँगको प्रकरणमा जोडिएसँगै उनी विबादमा तानिएकी हुन् ।

चर्चित गायिका समीक्षा अधिकारी विस्तारै खुल्न थालेकी छिन् । मिडियामा आउँन थालेकी छिन् । गीत गायनमापनि उनी लामो समय दिन थालेकी छिन् ।

धेरै जसो कास्की पोखरामा नै बस्दै आएकी समीक्षा काठमाडौंपनि धेरै विताउँन थालेकी छिन् ।

केही समय उनले गायन क्षेत्रमा विश्राम जस्तै लिइन् । उनले आफू पढ्ने पोखरामा भएकाले गायनमा केही कमि भएको बताइन् । परीक्षाका कारण आफूले लामो समय पोखरा विताएको हो ।

पढ्न चै मलाई सरहरुले अनलाईनमा पढाउनुहुन्छ उनले भनिन् । केही दिन अघि मात्र उनले मेरो माया मजाक भयो भन्ने गीतमा स्वर दिएकी छिन् ।

केहि समयदेखि सामाजिक सञ्जाल देखि टाढा रहेकी गायिका समीक्षा अधिकारी फेरी सक्रिय हुन्थालेकीछन । उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन् ।

समिक्षासँगको प्रकरणमा जोडिएका अभिनेतालाई जिल्ला अदालत नवलपुरले साडे २ वर्ष जेल र १० लाख जरिवाना तोकेको भएता पनि समिक्षाले अदालतले दिलाइदिने भनेको उक्त रकम अस्विकार गरेकी थिइन् । समीक्षाले सामाजिक संजालका मार्फत आँफुले उक्त रकम नलिने बतएकी थिइन् |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.