Websoft University

चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं। १को बृहत्त मौन जुलुस


बिराटनगर २०७९ कार्तिक २३ गते, बुधबार | रातो तारा डट कम, मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं। १ले चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध बृहत्त मौन जुलुस आयोजना गरेको छ ।

मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं। १को नेतृत्वमा आज विहान १०ः३० बजे मोरंग व्यापार संघको प्राङ्गणमा तिनै संघ–संस्था सहित निजी क्षेत्रका अन्य थुपै्र संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु, उद्योगी–व्यवसायीहरु र आम सर्व साधारणहरुको वृहत उपस्थितिमा आयोजित सो मौन जुलुसले विराटनगर बजार हुँदै नेपाल राष्ट्र बैंकको प्रदेश नं।१ को कार्यालय गई कार्यालयकी प्रमुख श्रीमती मिना पाण्डेज्यू मार्फत नेपाल राष्ट्र बैंकका गर्भनर श्री महा प्रसाद अधिकारीज्यूका लागि ज्ञापन पत्र बुझाएको छ । त्यसका साथै सो मौन जुलुस जिल्ला प्रशासन कार्यालय, मोरङ गई प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहालज्यू मार्फत सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यू र माननीय अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ज्यूका लागि ज्ञापन पत्र बुझाएको छ ।


विद्यमान बैंकिङ समस्याहरु निराकरणार्थ आवश्यक सुझावहरु सहित तयार पारिएको सो ज्ञापन पत्र सम्बन्धित निकायमा हस्तान्तरण गर्ने क्रममा मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू, उद्योग संगठन मोरङका अध्यक्ष श्री सुयेश प्याकुरेलज्यू र नेपाल उद्योग परिसंघ, प्रदेश नं। १का अध्यक्ष श्री भीम घिमिरेज्यू सहित विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरुले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.