Websoft University

मोरङ–६ का मतदाता भन्छन्– यसपालि त शेखरलाई जिताउने हो


विराटनगर कातिक २१ गते | मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा दिन प्रतिदिन माहोल बन्दै गएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका कोइरालाको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि शेखर कोइरालालाई जिताउने उनीहरुको अठोट छ ।

मोरङ बूढीगंगा गाउँपालिका–७ का शम्भु चौधरी पहिलोपटक यसपालि मतदान गर्दैछन् । तर उनले डा. शेखर कोइरालालाई मतदान गर्ने मनस्थिति बनाइसकेका छन् । “डा. शेखर कोइराला मलाई मन पर्ने नेता हुनुहुन्छ, उहाँले जित्नु भयो भने हाम्रो क्षेत्र मात्रै होइन मोरङकै विकास हुन्छ,” उनी भन्छन्, “उहाँ त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेता भइसक्नु     भयो ।” चौधरी जस्तै अर्का युवा मतदाता सन्देश बजगाईं पनि कोइरालाको पक्षमा खुलेर लागेका छन् । पारिवारिक पृष्ठभूमि कम्युनिष्ट भए पनि यसपालि डा. शेखर कोइरालालाई नै मतदान गर्ने उनी बताउँछन् । गत निर्वाचन पराजित भएर पनि आफ्नो क्षेत्रका जनताको सुखदुःखमा सधैं साथ दिँदै आएका प्रभावशाली नेता कोइरालालाई मतदान गर्न उनले अन्य युवालाई पनि आग्रह गरे । “मोरङबाट राष्ट्रिय राजनीतिको नेतृत्वमा हाँक्ने अब डाक्टर सा’बले नै हो,” बजगाईं भन्छन्, “मोरङ ६ ले उहाँजस्तो नेता पाउनु गर्वको कुरा हो ।”

चौधरी र बजगाईं त उदाहरण मात्रै हुन्, यसपालि पटकपटक मतदान गर्ने धेरै युवाको रोजाइमा कोइराला परेका छन् । चुनाव प्रचारका क्रममा भेटिएका युवा मात्रै होइन ज्येष्ठ नागरिक पनि यसपटक कोइरालाले जित्नेमा ढुक्क छन् । बूढीगंगाका श्यामराज राजवंशी गत असोजबाट ८१ वर्ष पार गरेका छन् । तर उनी कोइरालाको चुनावी प्रचारमा लौरो टेकेर हिंडिरहेका छन् । उनले भने, “शेखर कोइराजाजी देशको नेतृत्व गर्न सक्ने व्यक्ति हुनुहुन्छ ।उहाँलाई जिताएरपठाए यस क्षेत्रको विकास हुनेथियो ।” कोइराला स्पष्ट वक्ता भएको राजवंशीको भनाइ छ । प्रचारमै भेटिएकी सविना दाहालले गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिइन् ।

यसैबीच, कोइरालाले मोरङ क्षेत्र नम्बर ६ का विभिन्न वडा र टोलमा पुगेर चुनावी प्रचारलाई तीव्रता दिएका छन् । उनले मतदातालाई भेटेर सुखदुःख र स्थानीय समस्यासमेत बुझ्ने काम गरिरहेका छन् । जनताका पिरमर्का ध्यानपूर्वक सुन्छन् । आगामी मंसिर ४ गतेको निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको गठबन्धन सरकारले जनताका समस्या समाधान गर्ने उम्मेदवार कोइरालाको प्रतिबद्धता छ । मोरङ क्षेत्र नम्बर ६ प्रदेशसभा (क) मा जीवन आचार्य र (ख) मा केदार कार्की उम्मेदवार बनेका छन् ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.