Websoft University

विमा रकम भुक्तानीका लागि पत्रकार महासंघ मोरङद्धारा ध्यानाकर्षण


विराटनगर २१ कात्तिक । रातो तारा डट कम, नेपाल पत्रकार महासंघ मोरङले कोरोना बिमा बापतको रकम भुक्तानीका लागि अजोड इन्स्योरेन्स कम्पनीको विराटनगर कार्यालयमा ज्ञापन पत्र बुझाईएको छ ।

 गत जेठ १६ गते उच्च अदालत विराटनगरले कोरोना वीमा भुक्तानी प्राप्त गर्न बाँकी ३३ जना विमितको रकम उपलब्ध गराउनका लागि फैसला गरेपनि कम्पनीले फैसला कार्यन्वयन नगरेपछि महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालको नेतृत्वमा गएको टोलीले अजोड इन्स्योरेन्स कम्पनी विराटनगर शाखाका प्रमुख केदार खत्रीको ध्यानाकर्षण गराएको हो ।  उच्च अदालतको फैसला अनुसार गत साउन गते भुक्तानीका लागि पत्र पठाएका र भुक्तानी नभएपछि असोज १० गते भुक्तानीमा ढिलाई हुनुको कारण सहित लिखित जवाफ माग गर्दा पनि आलटाल गरेपछि पहिलो चरणमा ध्यानाकर्षण गराएको महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताउनुभयो |

 उच्च अदालतले आदेश दिएको ५ महिना वितिसक्दा पनि भुक्तानीमा आलटाल भएकाले यथाशीघ्र रकम उपलब्ध गराउन माग गरिएको छ । भुक्तानीमा ढिलाई भए महासंघ चरणबद्ध आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

 ०७७ जेठमा पत्रकार महासंघ मोरङले मोरङका २३० जना सञ्चारकर्मीको अजोड इन्स्योरेन्स बीमा गरेको थियो ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.