Websoft University

दाहाल लाई मृत्युडण्डको सजाय


गाईघाट १६ कार्तिक | रातो तारा डट कम,हत्या अभियोगमा १५ वर्ष  देखी साउदी अरवमा जेल जीवन विताईरहेका  उदयपुरको चौढण्डीगडी नगरपालिका ४ वसाहा काली खोलाका ४० वर्षिय विवेक दाहाल लाई मृत्युदण्ड  दिईएको छ । जुवेल जेल प्रशासनले ११ दिन अघि कार्तिक ६ गते दाहाल लाई मृत्युडण्डको सजाय कार्यान्वयन गरेको हो । दाहाल लाई मृत्युडण्ड दिनु अघि परिवार लाई साउदी वाट जानकारी आएको  थियो ।  शव  भने नेपाल नपठाई उतै गाडेको मृतकका काका अर्जुन दाहालले वताए । सन २००६ मा साउदी अरव पुगेका दाहाल माथि सन २००७ मा साथी राजेन्द्र विष्ट को हत्या र सुडानी नागरिक माथी हत्या प्रयासको अभियोग लागेको थियो । अदालतले विष्टको हत्या ठहर गदै मृत्युडण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेस लार्इृ क्रिमिनल कोर्ट  हुदै सर्वेाच्च अदालत वाट पनि सदर भए पछि उनी १५ वर्ष देखी जेलमा वस्दै आएका थिए । मृतक ले विष्टको हत्या नगरेको काका अर्जुनले वताए । पानी वोक्ने टयाङकरका चालक रहेका मृतक जुवेल   स्थीत भेडाचरण गोठ को लागी पानी लिएर जादै गर्दा केही व्यक्ति र विष्ट विच झगडा भैरहेको देखेपछि छुटाउन गएका थिए । झगडा छुटाउदै गर्दा अरु भागेपछि उन माथि कुटपिटको आरोप लागेको काका अर्जुनले वताए उक्त घटनामा विष्टको मृत्यु भएपछि हत्य आरोप उनी माथि लागेर पक्राऊ  परेको दाहालले वताए । तर उनी पुरैे निर्दोष थिए  ।अरु भागेछि सवै दोष उनी माथि लागेको उनले भने । मालिकले समेत सहयोग नगरेपछि उनि माथि हत्याको दोष लागेको उनले वताए । तर उनि निर्दोष  हुदाहुदै पनि हत्याको दोष उनि माथि लागेको अर्जुृनले वताए । सुडानी नागरीक सहित विष्टको सुतेको वेला हत्या प्रयास गरेको उनि माथि साउदी प्रहरीले अभियोग लगाएको काका अर्जुनले वताए । विष्टको तत्कालै मृत्यु भएको र सुडानी नागरीको आखामा क्षेती पुगेको थियो ।

​मृतक परिवारलाई दाहाल परिवारले ब्लड मनी वापत झन्डै १२ लाख रुपया दिएको अर्जुनले वताए । ब्लड मनी वृझाई सकेको भन्दै सन २००११ मा नेपाली दुतावासले जुबेलको अदालतमा आममाफि दिन निवेदन दिएको थियो । तर सुडानी नागरीक उपचार पछि घर फर्किएकाले सम्पर्कविहिन भएका थिए । विष्ट परिवारवाट पाफि भए पनि सुडानी नागरीकवाट माफी भएको थिएन । दाहाल विरुद्घ पशु करणीको मुदा पनी चलेको थियो । त्यसै कारण अदालत वाट उनलाई माफी हुन सकेन । तर यी सवै आरोपहरु झुठा भएको दाहालले वताए । उनले नेपालको तर्फ वाट उच्च तहमा पटक पटक पहल गरिएको भए पनि कुनै सुनुवाई हुन नसकेको वताए । परराष्ट्र मन्त्रि डा नारायण खडकाले निकै प्रयास गरेका थिए । गत मार्चमा नेपाल भ्रमण आएका साउदी परराष्ट्र मन्त्रि समक्ष पनि दाहाललाई माफी दिन सरकारको तर्फ वाट मन्त्रि खडकाले औपचारिक रुपमा आग्रह गरेका थिए ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.