Websoft University

लागु औषध सहित तिन जना लाई पक्राऊ

 


गाईघाट १७ कार्तिक| रातो तारा डट कम,प्रहरीले दुई दिन को अवधिमा नगर क्षेत्र वाट लागु औषध सहित तिन जना लाई पक्राऊ गरेको छ । अवैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्र्तगत परिचालित सुरक्षाकर्मिको विशेष टोलीले मंगलवार राती दुई र वुधवार एक जनालाई पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका ३ वसपार्क क्षेत्रमा लागु औषध सेवन गरीरहेको  वेला त्रिनपा १० वोक्सेका ३४ वर्षिय विकास राई लाई डाइजेपाम १४ एम्पुल, वुप्रिनोर्फिन १४ र फेनार गन १४ एम्पुल गरी ४२ एम्पुल लागु  औषध सहित  पक्राऊ गरीएको डिएसपि राकेस कुमार पोदार ले वताए । सोही घटनामा त्रिनपा ११ का ३४ वर्षिय राज कुमार राई जोडीन आएकोमा उनलाई समेत पक्राऊ गरीएको छ । 

सात दिनको अदालत वाट म्याद थप गरी उनी विरुद्घ अनुसन्धान सुरु गरीएको डिएसपि पोदारले वताए । प्रहरीले वुधवार दिउसो लागु औषध को कारोवारमा संलग्न २४ वर्षियआइस अधिकारी लाई पक्राउ गरेको छ । 

त्रियुगा नगरपालिका १३ जोगी पोखरी स्थित अधिकारी को घर वाटै लागु औषध सहित उनलाई पक्राउ गरीएको हो । प्रहरीले उनको साथ वाट डाइजेपाम , लुपिजेसीक , डाइजेल्याव , वुप्रिनोर्फिन र फेनारगन गरी ३९ एम्पुल लागुु औषध समेत वरामद गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.