Websoft University

स्काईभेटरमा आगजनि गर्ने पक्राउ


ओखलढुंगा, कार्तिक १६ गते । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-२ स्थितमा रहेको स्काईभेटरमा आगजनि गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी-१ का २९ बर्षीय तुलसी राज अधिकारी रहेका छन । 

सृजनशिल कन्स्ट्कसन प्रा.लि.को बा.३ ख ४३०६ नम्वरको स्काईभेटर चिशंखुगढी-२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनिबाट पुर्णरुपमा जली क्षेति भएको थियो । 

तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी खानिभञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काईभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी-१ सुर्केटार स्थितबाट आज बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको छ । उक्त स्काईभेटरले माझिटार-हिलेछाप कच्चि भित्रि सडक खण्डमा  मर्मत कार्य गर्दै आईरहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.