Websoft University

वर्तमान वित्तिय संकटका सम्वन्धमा राष्ट्र वैंकका गर्भनर लगायत प्रतिनिधिसंग छलफल


बिराटनगर २०७९ कार्तिक १६, गते | रातो तारा डट कम,उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयूक्त प्रतिनिधि मण्डलले नेपाल राष्ट्र वैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत उच्च पदस्थ कर्मचारीहरुका साथ भेटघाट गरी वर्तमानको वित्तीय संकट सम्वन्धमा प्रतिवेदन सहित सुझाव प्रस्तुत गरेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष्ँ सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष्ँ नविन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नंं १ का अध्यक्ष्ँ भिम घिमिरे लगायत पदाधिकारी र कार्यसमिति सदस्यहरु सम्मिलित प्रतिनिधि मण्डलले गर्भनर अधिकारीलाई केन्द्रिय कार्यालयमा भेटी अहिलेको समस्याले उद्योगहरुमा गम्भीर संकट आएकाले तत्काल समाधान खोज्न आग्रह गरेको छ ।

गर्भनर अधिकारीले उद्योगको समस्या प्रति नेपाल राष्ट्र वैंक गम्भीर रहेको जनाउदै सम्पूर्ण वित्तिय व्यवस्थामा सन्तुलन कायम गर्दै वर्तमान समस्या क्रमशः समाधान गर्दै जाने आश्वासन दिनु भयो ।

तीनै संस्थाका तर्फबाट संयूक्त रुपमा तयार पारि गर्भनर समक्ष प्रस्तुत गरिएको वित्तिय तरलता अभाव तथा ब्याज बृद्धिका कारण औद्योगिक क्षेत्रमा परेको असर र समाधान गर्नुपर्ने उपायहरु सहितको प्रतिवेदन यसैसाथ संलग्न राखी पठाईएको छ ।

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.