Websoft University

प्रताप आदर्श सेवा समूह ज्येष्ठ नागरिक सम्मानित


विराटनगर कातिक २६  गते | विराटनगर–३ स्थित प्रताप आदर्श सेवा समूह गणेश मन्दिरको वार्षिक साधारणसभाको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

शनिबार आयोजित कार्यक्रममा सेवा समूहले १९ औं वार्षिक साधारणसभाको अवसर पारेर दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । कार्यक्रममा ज्येष्ठ नागरिक टंकप्रसाद सुवेदी र डोलकुमारी खत्रीलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नेपाल सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई सबैले अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै साहित्यकारसमेत रहनु भएका पूर्वमुख्यसचिव डा. विमल कोइराला, प्राज्ञ दधिराज सुवेदी, वडा नम्बर ३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा आयोजक संस्थाका सचिव पदमबहादुर कार्कीले सांगठानिक र कोषाध्यक्ष किशोर भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.