Websoft University

मोटरसाईकल दुर्घटनामा परि शनीबार विहान एक महिलाको मृत्यु


श्याम राइ, गाईघाट, २६ कार्तिक | रातो तारा डट कम,मोटरसाईकल दुर्घटनामा परि शनीबार विहान एक महिलाको मृत्यु भएको छ ।

कटारीबाट सिन्धुलीको दुधौली तर्फ जादै गरेको स ८ प २९७५ नम्बर को मोटरसाईकल कटारी नगरपालिका–४ ककुर खोला स्थीत मदन भण्डारी राजमार्गमा शुक्रबार दिउसो अनियन्त्रित भै डिभाईडरमा ठोक्किदा मोटरसाईकल पछाडी बसेकी २३ वर्षिया प्रमिला परियार गम्भिर घाईते भएकोमा उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतककी श्रीमान् कटारी नपा–५ बलाहाका ३५ वर्षिय प्रेम वहादुर परियारले चलाएको मोटरसाईकल पछाडी बसेका ७ वर्षिय छोरा हिमाल शख्त घाईते भएकोमा उनको विराटनगरस्थीत नोवेल अस्पतालमा उपचार भैरहेको डिएसपी राकेश कुमार पोदारले बताए ।

मृतकको शव कटारी अस्पतालमा पोष्टमार्टमगरि ससुरालाई बुझाईएको प्रहरीले जनाएको छ ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.