Websoft University

बेतना सिमसारअगाडि सर्पदंश उपचार केन्द्र खोल्छुः डा.सुनिल शर्मा


मोरङ | रातो तारा डट कम,मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले बेलबारीको बेतना सिमसारअगाडि सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा विराटनगर लैजान सम्भव नहुने भन्दै स्थानीय स्तरमै तत्काल उपचारको व्यवस्था मिलाउन सर्पदंश उपचार केन्द्र सञ्चालनको योजना बनाएको बताए । किसान परिवारको बसोबास उल्लेख्य रहेको बेलबारी क्षेत्रमा वर्षेनी सर्पदंशबाट मानिसहरुको ज्यान जाने गरेकाले स्थानीय स्तरमै सञ्चालन हुने सर्पदंश उपचार केन्द्रले नागरिकको जीवनरक्षामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
यसैगरी, विपन्न समुदायको स्वास्थ्य उपचारको जिम्मा आफूले लिने प्रतिबद्धतासमेत डा.शर्माले मतदातासमक्ष व्यक्त गरेका छन् । उपचार खर्चको अभावमा ज्यान जाने अवस्थाको अन्त्य गर्न आफूले निजी स्रोतबाट भएपनि उपचार सेवा प्रवाह गर्ने उनको भनाइ थियो । २०७४ को निर्वाचन जितेर सांसद हुँदै मन्त्रीसम्म बनेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालप्रति लक्षित गर्दै डा.शर्माले उम्मेदवारले चुनाव जितेपछि यस क्षेत्रमा कहिल्यै पाइला नटेको बताए । सोही चुनाव हारेको आफूले भने निरन्तर रुपमा स्थानीय मतदाताको निःस्वार्थ सेवा जारी राखेकाले मतदाताले विवेकपूर्ण मतदानबाट त्यसको मूल्याङ्कन गर्ने विश्वास पनि उनले व्यक्त गरे । मत प्राप्त गरी सरकारमा बसेर पनि केही नगर्ने व्यक्तिलाई पुनः मत दिएर जिताए भावी सन्ततिका लागि दुर्भाग्यपूर्ण अवस्था निम्तने हुँदा मतदाताले मतको सदुपयोग गर्नुपर्ने उनले उल्लेख गरे । आफ्नो क्षेत्रको शैक्षिक अवस्थिति सुदृढ बनाउन सात सयभन्दा बढी विद्यार्थीलाई निजी स्रोतबाट छात्रवृत्ति प्रदान गरी मेडिकल शिक्षा पढाई नर्सदेखि डाक्टरसम्म बनाएको बताउँदै उनले मुस्लिम समुदायको उत्थानका लागि मुस्लिम छात्रालाई समेत मेडिकल शिक्षा निःशुल्क उपलब्ध गराएको उल्लेख गरे । यस पटकको निर्वाचनमा पनि डा. शर्मा र पूर्वमन्त्री ढकालकै बीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.